आगामी बजेटमा बयालपाटा अस्पताललाई समेट्न प्रदेशसभा सदस्य खड्काको माग
सुदूरपश्चिम प्रदेशसभा सदस्य मेघराज खड्काले आगामी बजेटमा अछामको बयालपाटा अस्पताललाई समेट्न माग गरेका छन् । शुक्रबार प्रदेश सभामा नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा बोल्दै प्रदेशसभा सदस्य खड्काले यस्तो माग गरेका हुन् ।
उनले तीन वटा जिल्लाका जनताले सेवा पाइरहेको बयालपाटा अस्पतालका लागि बजेट छुट्याउनु पर्ने माग गरे । विदेशी लगानीबाट सञ्चालनमा रहेको अस्पतालका लागि प्रदेश सरकारले पनि बजेट विनियोजन गर्नु पर्ने उनको भनाई छ ।
उनले भने, ‘गत वर्षको नीति तथा कार्यक्रममा समेटिएको बयालपाटा हस्पिटल । मैले यो भन्दा अगाडि पनि बोलेको थिए । विदेशीले करोडौँ लगानी गरेको हस्पिटलबाट त्यहाँ तीन वटा जिल्लाले सेवा पाइरहेको छ । त्यसलाई अबका बजेटमा समेटिदिनका लागि अनुरोध गर्दछु ।’
यस्तै पहाडी जिल्लाका भूकम्प पीडितका समस्या पनि बजेटमा समेटिनु पर्ने उनले बताए । यस्तै अछामको बुढीगंगा नदीले सयौँ बिघा जग्गा बगाएको बताउँदै उनले त्यसको दिगो नियन्त्रणमा पनि प्रदेश सरकारले ध्यान दिनुपर्ने बताए ।
उनले साँफेको विमानस्थल र चार धाममध्येको एक वैद्यनाथ धाम पनि नदीका कारण जोखिममा रहेको भन्दै बजेट छुट्याइदिन माग गरे । यस्तै उनले प्रदेश सरकारले ल्याएको नीति तथा कार्यक्रममा सबै कुरा समेटिएको प्रदेशसभा सदस्य खड्काले बताए ।
सम्बन्धित समाचार
ट्रेन्डिङ
ताजा अपडेट
-
सानपा मा आई.पि.भि. खोप अभियान सम्बन्धि पालिका स्तरीय खोप समन्वय समितीसंग अभिमुखिकरण कार्यक्रम सम्पन्न
-
साँफेबगर नगरपालिकामा दुई दिने खोप कार्यक्रमको स्वास्थ्य संस्था स्तरीय सुक्ष्म योजना तर्जुमा गोष्ठी सुरु
-
आज सुदूरपश्चिमका मुख्यमन्त्रीले विश्वासको मत लिँदै
-
ने.वि संघ अछाम द्धारा प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्री लाई ज्ञापन पत्र
-
चौरपाटी गाउँपालिकाको निति तथा कार्यक्रम सार्वजनिक -पूर्णपाठ सहित
प्रतिक्रिया