Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शनिबार, ०५ जेठ २०८१

रेडियो धनगढीका कार्यकारी निर्देशक जोशी सम्मानित

रेडियो धनगढीका कार्यकारी निर्देशक जोशी सम्मानित

रेडियो धनगढीका कार्यकारी निर्देशक एवम् धनगढी खबरका सम्पादक हरी जोशी सम्मानित भएका छन् । समाजबादी प्रेस संगठन नेपालद्धारा आयोजित प्रथम राष्ट्रिय महाधिबेसनबाट सम्मानित भएका हुन् । 

उनलाई पुर्व प्रधानमन्त्री तथा नेकपा एकीकृत समाजबादी पाटीका अध्यक्ष माधवकुमार नेपालले दोसल्ला ओढाएर तथा प्रमाणपत्र दिएर सम्मान गरेका हुन् । 

श्रमजिबी पत्रकारको हकहितका साथै निष्पक्ष स्वतन्त्र एवम् जनपक्षिय पत्रकारीतामा योगदान पुर्याएबाफत सम्मान गरिएको हो । 

उनी सुदूरपश्चिम पत्रकार महासंघका सचिव पनि हुन् ।

प्रतिक्रिया