Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शनिबार, ०५ जेठ २०८१

अछाममा रुखको टुप्पामा झुण्डीयको अवस्थामा शव फेला, नेपाली सेनाले निकाल्यो शव

अछाममा रुखको टुप्पामा झुण्डीयको अवस्थामा शव फेला, नेपाली सेनाले निकाल्यो शव

अछामका एक ३० बर्षिय पुरुषको शव फेला परेको छ । जिल्लाको कमलबजार नगरपालिका वडा न ४ का भिम बहादुर ढोलिको शव २७ फिट अग्लो रुखमा झुण्डिएको अवस्थामा फेला परेको हो । अर्धनग्न अवस्थामा झुण्डिएको अवस्थामा रहेको शव निकाल्न प्रहरिबाट असम्भव भएपछि श्री गोरखबक्स गण मंगलसैनका सैनिक जवान द्धारा उक्त शव निकालिएको ईलाका प्रहरी कार्यालय कमलबजारले जनाएको छ । 
घटनाको प्रारम्भिक अनुसन्धानमा मृतकले आत्महत्या गरेको देखिएको र थप अनुसन्धान भैरहेको ईलाका प्रहरी कार्यालय कमलबजारका ईनिस्पेक्टर भाष्कर चन्दले बताए ।

प्रतिक्रिया