Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शनिबार, ०५ जेठ २०८१

युवा नेता पुष्प बिष्ट द्वारा नेतृत्व तहका नेता र शुभचिन्तकलाई धन्यवाद ज्ञापन

युवा नेता पुष्प बिष्ट द्वारा नेतृत्व तहका नेता र शुभचिन्तकलाई धन्यवाद ज्ञापन

नेपाली कांग्रेस अछामका जिल्ला कार्य समिती सदस्य पुष्प बिष्टले नेतृत्व तहका नेता र शुभचिन्तकलाई धन्यवाद ज्ञापन गरेका छन । जिल्ला कार्यसमितिको सदस्यमा आफु मनोनित भैसकेपछी युवा नेता बिष्टले जिल्ला सभापती लगाएत सबै तहका नेतृत्व प्रती विषेस आभार व्यक्त गर्दै सामाजिक संजाल फेसबुकमा स्ट्याटस लेखेका छन ।

बुधबार जिल्ला कार्य समिती अछामले युवा नेता बिष्ट सहित नौ जनालाई जिल्ला कार्य समिती सदस्यमा मनोनित गरेको थियो । मनोनित हुनेमा तुर्माखाँद ४ बाट अृमता बुढा, साँफेबगर ४ बाट राम बहादुर कुँवर, ढकारी ८ बाट लाल बहादुर भण्डारी, तुर्माखाँद ३ बाट बालविर बिसी, मंगलसेन नगरपालिका १३ बाट बिनोद थापा, रामारोशन ४ बाट पुष्प बहादुर बिष्ट, पञ्चदेवल बिनायक ३ बाट खेमराज अधिकारी, मेल्लेख ८ बाट नृप बहादुर आउजी, र चौरपाटी ७ बाट मोहन बहादुर बोगटी रहेका छन ।

 

 

प्रतिक्रिया