बैशाखभरी कैलाली अस्पतालमा स्टोन र युरोलोजी सेवाको चेकजाँच निःशुल्क
कैलाली अस्पतालमा बैशाखभरी स्टोन र युरोलोजी सेवाको निःशुल्क चेकजाँच भईरहेको छ । नयाँ बर्षको अवसर पारेर बैशाख महिनाभरी अस्पतालमा स्टोन र युरोलोजी सम्बन्धी सेवाको निःशुल्क चेकजाँच भईरहेको हो । कन्सल्टेन्ट युरोलोजिष्ट डाक्टर सुरेन्द्र बस्नेतद्धारा कैलाली अस्पतालमा एक महिनाभरी निःशुल्क चेकजाँच भईरहेको हो । यो सेवाको फाईदा लिन स्टोन र युरोलोजी सम्बन्धी समस्या भएका बिरामीलाई अस्पतालले आग्रह समेत गरेको छ ।
मृगौला, पिशाब नली र पिबाश थैलीको पत्थरीको परामर्श, प्रोष्टेट ग्रन्थीका कारणले हुने समस्याको परामर्श तथा उपचार, पटक पटक पत्थरी भईरहने समस्याको परामर्श तथा उपचार, पुरुष निःसन्तानको उपचार र पिशाब तथा मृगौला सम्बन्धी समस्याको उपचार निःशुल्क रुपमा चेकजाँच भईरहेको अस्पतालले जनाएको छ ।
कैलाली अस्पतालले स्टोन तथा युरोलोजी सम्बन्धीको दुरबिन प्रविधिको अप्रेशनमा १० प्रतिशत र औषधीमा ५ प्रतिशत छुट समेत रहेको जनाएको छ । त्यसका साथै रगत पिशाब, भिडियो एक्सरे, ईसिजी तथा ईको र एक्सरेमा १५ प्रतिशत छुटको व्यवस्था गरिएको छ ।
सम्बन्धित समाचार
ट्रेन्डिङ
ताजा अपडेट
-
सानपा मा आई.पि.भि. खोप अभियान सम्बन्धि पालिका स्तरीय खोप समन्वय समितीसंग अभिमुखिकरण कार्यक्रम सम्पन्न
-
साँफेबगर नगरपालिकामा दुई दिने खोप कार्यक्रमको स्वास्थ्य संस्था स्तरीय सुक्ष्म योजना तर्जुमा गोष्ठी सुरु
-
आज सुदूरपश्चिमका मुख्यमन्त्रीले विश्वासको मत लिँदै
-
ने.वि संघ अछाम द्धारा प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्री लाई ज्ञापन पत्र
-
चौरपाटी गाउँपालिकाको निति तथा कार्यक्रम सार्वजनिक -पूर्णपाठ सहित
प्रतिक्रिया