कैलालीमा बसको ठक्करबाट साइकल यात्रीको मृत्यु
धनगढी : कैलालीमा बसले ठक्कर दिदा एक जना साइकल यात्रीको मृत्यु भएको छ। जिल्लाको बर्दगोरीया गाउँपालिका २ कि २५ वर्षिया सरस्वती उपाध्यायको मुत्यु भएको ईलाका प्रहरी कार्यालय बौनियाले जनाएको छ।
लम्की बाट धनगढी आउँदै गरेको ना ७ ख ९३० नम्बरको बसले साईकलमा सवार उपाध्यायलाई आज दिउँसो १ बजे बौनियाँ बजारको चौराहामा ठक्कर दिएको प्रहरीले जनाएको छ।
दुर्घटनामा गम्भिर घाईते भएकी उपाध्यायको माया मेट्रो अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। बस र चालकलाई ईलाका प्रहरी कार्यालय बौनियाँले नियन्त्रणमा लिएको छ।
सम्बन्धित समाचार
ट्रेन्डिङ
ताजा अपडेट
-
सानपा मा आई.पि.भि. खोप अभियान सम्बन्धि पालिका स्तरीय खोप समन्वय समितीसंग अभिमुखिकरण कार्यक्रम सम्पन्न
-
साँफेबगर नगरपालिकामा दुई दिने खोप कार्यक्रमको स्वास्थ्य संस्था स्तरीय सुक्ष्म योजना तर्जुमा गोष्ठी सुरु
-
आज सुदूरपश्चिमका मुख्यमन्त्रीले विश्वासको मत लिँदै
-
ने.वि संघ अछाम द्धारा प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्री लाई ज्ञापन पत्र
-
चौरपाटी गाउँपालिकाको निति तथा कार्यक्रम सार्वजनिक -पूर्णपाठ सहित
प्रतिक्रिया