लकडाउन मोडालिटीबारे छलफल हुने, आज मन्त्रिपरिषद बैठक बस्दै
आज मन्त्रिपरिषद बैठक बस्ने भएको छ । दिउँसो २ बजे बस्ने बैठकमा लकडाउनको मोडालिटी लगायतका विषयमा छलफल हुने छ । कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि गत चैत ११ गतेदेखि देशैभर लकडाउन जारी गरिएको छ ।
लामो समयदेखिको लकडाउनले धेरैको जीविकोपार्जनमा समस्या भएपछि अब लकडाउनलाई क्रमशः खुकुलो बनाउने नीति सरकारले लिएको छ ।
उपप्रधानमन्त्री ईश्वर पोखरेलको नेतृत्वको कोभिड १९ ९कोरोना भाइरस रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिले लकडाउन खुकुलो बनाउने प्रस्ताव तयार पारेर मन्त्रिपरिषदमा बुझाइसकेको छ । दुई हप्ताको एक चरण गरी पाँच चरणमा लकडाउन क्रमशः खुकुलो बनाउने प्रस्ताव मन्त्रिपरिषदमा पुगेको छ ।
यसअघि कोभिड १९ क्राइसिस म्यानेजमन्ट सेन्टर (सीसीएमसी) ले ६ चरणमा लकडाउन खुकुलो गर्ने गरी प्रस्ताव बुझाएको थियो । रक्षामन्त्री पोखरेलले भने सयभन्दा कम एक्टिभ केस भएका जिल्लामा जेठ २५ देखि नै लकडाउन खुकुलो बनाउने प्रस्ताव पेश गरेका थिए । तर, प्रधानमन्त्री केपी शर्मा ओली लकडाउन खुकुलो बनाउनु नहुने अडानमा थिए ।
अन्तिममा दुवै प्रस्तावलाई मर्ज गरेर ५ चरणमा लकडाउन खुकुलो बनाउने गरी प्रस्ताव रक्षा मन्त्रालयले लैजाने तयारी गरेको छ । एक चरण दुई हप्ताको हुनेछ ।
सम्बन्धित समाचार
ट्रेन्डिङ
ताजा अपडेट
-
सानपा मा आई.पि.भि. खोप अभियान सम्बन्धि पालिका स्तरीय खोप समन्वय समितीसंग अभिमुखिकरण कार्यक्रम सम्पन्न
-
साँफेबगर नगरपालिकामा दुई दिने खोप कार्यक्रमको स्वास्थ्य संस्था स्तरीय सुक्ष्म योजना तर्जुमा गोष्ठी सुरु
-
आज सुदूरपश्चिमका मुख्यमन्त्रीले विश्वासको मत लिँदै
-
ने.वि संघ अछाम द्धारा प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्री लाई ज्ञापन पत्र
-
चौरपाटी गाउँपालिकाको निति तथा कार्यक्रम सार्वजनिक -पूर्णपाठ सहित
प्रतिक्रिया