Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

सोमबार, ०७ जेठ २०८१

बाढि पहिरोले पुर्‍याएको क्षती प्रति कांग्रेस अछामद्वारा दुःख व्यक्त , राहत र उद्धारमा लाग्न सबैमा अनुरोध ।।

बाढि पहिरोले पुर्‍याएको क्षती प्रति कांग्रेस अछामद्वारा दुःख व्यक्त , राहत र उद्धारमा लाग्न सबैमा अनुरोध ।।

अछाम नेपाली कांग्रेस अछाम द्वारा ️लगातारको वर्षाका कारण बाढी र पहिरोका कारण जिल्लाका विभिन्न भागमा जनधनको क्षती भएको प्रति गहिरो दु’ख व्यक्त गर्दछ ।

अछाम जिल्लामा प्राकृतिक बिपत्तिका कारण रुखमा च्यापीएर ज्यान गुमाएकी कमलबजार नगरपालिका – ३ बयलाकी २२ बर्षिया देवकला भुल लगायत अविरल बर्षा पछिको बिपत्तिका कारण देशका विभिन्न स्थानमा ज्यान गुमाउने मृतक प्रती भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गरेको हो । पार्टी सभापति भरत कुमार स्वार र सह सचिव तथा प्रवक्ता बेद प्रकाश तिमील्सैना द्वारा हस्ताक्षरित बिज्ञप्ती भनिएको छ ।

यस्तै बाढी पहिरोमा परि घाइते भएकाहरुको स्वास्थलाभको कामना गर्दै वेपत्ता भएका सबैको खोजिका लागि तदारुककता देखाउन जोडदार माग गरिएको छ । जिल्लाको रामारोशन गाउँपालिका – वडा नम्बर -४ बाटुलासैन ,५ रामारोशन , बान्निगढी गाउँ पालिकाको दर्ना , ढकारी गापा वडा नं. ६ , मंगलसेन नगरपालिका नं. ५ स्थित शान्तिकोट तुर्माखाँद गापा वडा नं. ५ स्थित धुरगाँउ , पन्चदेवल विनायक वडानम्वर २ ,९ लगायत जिल्लाका विभिन्न स्थानमा भएको क्षति र बुढीगंगा नदि , कैलाश खोला , चाइरा खोला , चिपे खोला , कुइका गाड लगायतका नदि , गाड र खोलाले खेतीयोग्य जमिन कटान गरेको प्रती दु’ख प्रकट गरेको छ ।

पहिरोको जोखिममा परेर विस्थापित रामारोशन गाउँपालिका – ४ अल्लेणीका ३८ घरपरिवार , ६ का पाँच परिवार , मेल्लेख गाउँपालिका का ४ घरपरिवार सहित जिल्लाका विपतका कारण विस्थापित सबैको उद्धार, राहत तथा पुनः स्थापना लागि नेपाली काँग्रेस जिल्ला कार्यसमिति अछाम केन्द्र (संघिय ) सरकार र सुदुरपश्चिम सरकार संग जोडदार माग समेत गरिएको छ ।

बाढि पहिरोको क्षतीका कारण अवरुद्ध बान्नीगढी जयगढ गाँउपालिका वडा नं. ६ स्थित दर्ना लघु जलविद्युत आयोजना , रामारोशन गाउँपालिका वडा नम्बर ४ स्थित गोगनखडा लघु जलविद्युत आयोजना वडानम्बर ६ को कैलाशखोला पातु लघुजलविद्युत आयोजना ,कैलाश खोला तेस्रो लघुजलविद्युत आयोजना , तडेरवा लघु जलविद्युत आयोजनाको क्षतिको यकिन गरि विद्युत सेवा सुचारु गर्न र रामारोशन गाउँ पालिकामा बाढिका कारण क्षति पुगेका कारण आवतजावत अवरुद्ध भएको हुँदा झोलुङ्गे पुल मर्मत गरि आवतजावत सहज बनाउन नेपाली काङ्ग्रेस अछाम सम्बन्धित सरोकारवाला निकायको ध्यानाकर्षण गराइएको छ ।

बाढी पहिरोका कारण अवरुद्ध मध्यपहाडी लोकमार्गको गैरिटार विनायक खण्ड , अछाम बाजुरा सडक खण्डको लगायत अवरुद्ध जिल्लाका विभिन्न स्थानीय सडकको पहिरो हटाइ यातायात सेवा सुचारु गर्नका लागि आवश्यक तत्परता देखाउन सम्बन्धित निकाय ध्यानाकर्षण गरेको छ ।

यस्तै मनसुनजन्य विपद्को प्रकोप जोखिम न्यूनीकरणका लागि बिपत ब्यवस्थापनका क्षेत्रमा आवस्यक प्रबन्ध गर्न जिल्ला समन्वय समिति अछाम , स्थानीय प्रशासन र अछाम स्थित सबै १० वटै स्थानीय तह संग अपिल गर्दछौ भनि बिज्ञप्ती भनिएको छ ।यो विपत्ति समयमा नेपाली कांग्रेस पार्टीका जिल्ला स्थित सबै तह र तप्काका साथीहरू ,सबै भातृ संघ संगठन , शुभेच्छुक संघ संगठनका साथिहरु र नेपाली कांग्रेस बाट निर्वाचित जनप्रतिनिधि हरुलाई प्राकृतिक बिपत्तिमा परेकाहरूको राहत र उद्धारमा सहभागी हुन अनुरोधका साथै निरन्तर बर्षाका कारण अछाम जिल्लामा बाढी पहिरोको जोखिमम रहेकाले जिल्ला स्थित सबै नागरिकहरूमा उच्च सतर्कता अपनाउनु हुन विनम्रतापुर्वक आग्रह गरिएको छ ।

प्रतिक्रिया