Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

सोमबार, ०७ जेठ २०८१

भारतलाई दार्चुलाका सहायक सीडीओको जवाफ : नेपालीलाई दुःख नदिनु, त्यो भूमि हाम्रो हो

भारतलाई दार्चुलाका सहायक सीडीओको जवाफ : नेपालीलाई दुःख नदिनु, त्यो भूमि हाम्रो हो

जिल्ला प्रशासन कार्यालय दार्चुलाले लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको भूभाग भएको त्यस क्षेत्रा नेपालीको आवातजावात स्वाभाविक रहेको जवाफी पत्र दिएको छ।

दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी टेकसिंह कुँवरले भारतलाई पत्र लेखेका छन्। ‘नेपाल  र ब्रिटिट इस्ट इन्डिया कम्पनीबीच सन् १८१६ सम्पन्न सुगौली सन्धिको धारा ५, त्यस समयमा प्रकाशित नक्सा र ऐतिहासिक तथ्य एवं प्रमाण अनुसार काली (महाकाली) नदी र सो पूर्वका लिम्पियाधुरा,  कुटी, नावी, गुन्जी, कालापानी र लिपुलेक लगायतका क्षेत्र नेपालको भूभाग रहेको कुरा स्पष्ट नै छ’, पत्रमा भनिएको छ, ‘नेपाली भूभागमा नेपाली आवतजावत स्वाभाविकै रहेको र त्यसमा कहिकतैबाट बाधा अड्चन हुनु हुँदैन भन्ने नेपालको धारणा रहेको कुरा जानकारी आदेशाअनुसार चाहान्छु।’ भारतले स्थानीयलाई  कालापानी र लिम्पियाधुरा क्षेत्रमा जान प्रतिबन्ध लगाएपछि नेपालको प्रतिक्रया आएको हो। अन्नपूर्ण

प्रतिक्रिया