Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

सोमबार, ०७ जेठ २०८१

तीन किशोरी बलात्कार गरेको आरोपमा चार जना पक्राउ - कैलाली

तीन किशोरी बलात्कार गरेको आरोपमा चार जना पक्राउ -   कैलाली

धनगढी : कैलालीमा ३ जना किशोरी बलात्कार गरेको आरोपमा चार जना युवक पक्राउ परेका छन् ।जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक प्रतिक विष्टले दिएको जानकारी अनुसार जिल्लाको टीकापुर नगरपालिकाका १८ वर्षीय सन्दिप ठकुल्ला, २१ वर्षीय दीपक बुढा, १९ वर्षीय डम्बर ठकुल्ला र २० वर्षीय दीपक ठकुल्ला पक्राउ परेका छन् ।

मंगलबार बिहान टीकापुर नगरपालिका वडा नम्वर १ स्थित रानी कुलो किनारमा तीन जना किशोरीहरुमाथि जबरजस्ती करणी गरी फरार भएका उनीहरुलाई इलाका प्रहरी कार्यालय टिकापुरले पक्राउ गरेको विष्टले जानकारी दिए ।

उनीहरुविरुद्ध कैलाली जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको छ । विष्टले बलात्कारमा संलग्न अन्य व्यक्तिहरु फरार भएको र उनीहरुको खोजी भइरहेको पनि बताए ।

प्रतिक्रिया