Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

मङ्गलबार, ०८ जेठ २०८१

अछाममा एमाले कार्यकर्ता बिच आपसमा कुटाकुट

अछाममा एमाले कार्यकर्ता बिच आपसमा कुटाकुट

रमेश रावत, अछाम

नेतृत्व चयनमा रहेको एमाले अछाममा एउटा गुटमा हानाहान भएको छ । अध्यक्ष पदका प्रत्यासी रहेका चन्द्र बोहरा निकट युवाहरू बिच कुटाकुट भएको छ । नेतृत्वका बिषयमा भएको बिवादका क्रममा कुटाकुट हुदा युवा संघ अछामका जिल्ला इन्चार्ज कपिल भण्डारी सामान्य घाईते भएका छन् ।

मङ्गलसेन स्थित होटल दरवारमा आईतवार अवेर साँझ बिवाद हुदा स्थानीय कम्मान बोगटीले फलामको रड प्रहार गरेपछि युवा संघ अछामका इन्चार्ज कपिल भण्डारीको टाउकोमा चोट लागेको एमाले श्रोतले जानकारी दिएको छ । यस बिषयमा ईन्चार्ज भण्डारले सामान्य बिवाद भएको बताएका छन । उनले भने 'सामान्य बिवाद हो । मिडियामा ल्यायो भने झन राम्रो हुदैन । म ठिक छु'। श्रोतका अनुसार झगडाको मिलापत्र चलिरहेको छ ।

घटना सङ्ग सम्बन्धित एक भिडियो सार्वजनिक भएको छ ।भिडियोमा कुटाकुटका बिषयमा कुराकानी भएको छ । भिडियोमा केही युवाहरु अस्पतालमा ओहोर दोहोर गरिरहेका छन । फलामको रड प्रहार गर्ने कम्मान बोगटी अछाम क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्य यज्ञ बोगटी निकट मानिन्छन् । बोगटी र भण्डारी दुवै जना एमाले अछामको अध्यक्षका प्रत्यासी चन्द्र बोहरा पक्षधर हुन ।

प्रतिक्रिया