Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

सोमबार, ०७ जेठ २०८१

एक बर्ष नपुग्दै साफेँ मार्तडी सडक ताप्रिसेराको पक्की पुल खोलाले बगायो

एक बर्ष नपुग्दै साफेँ मार्तडी सडक ताप्रिसेराको पक्की पुल खोलाले बगायो

साउन, ५ बाजुरा

अछाम — साँफे–मार्तडी सडकअन्तर्गत बूढीगंगा नगरपालिका–२ ताप्रिसेरामा रहेको पक्की पुल खोलाले बगाएपछि बाजुरा जिल्लामा सवारी आवागमन ठप्प भएको छ ।

बाजुराका प्रमुख जिल्ला अधिकारी कृष्ण गैरेका अनुसार आइतबार रातिको अविरल वर्षासँगै घट्टेखोलामा बाढी आउँदा पुल बगेर बूढीगंगा नदीमा मिसिएको हो । ‘अब बाजुरामा सवारीसाधन पूर्ण रूपमा बन्द भएको छ । मार्तडीबाट सरोकारवाको टोली हिँडेरै घटनास्थल पुगेको हो,’ उनले भने, ‘अम्कोटदेखि मार्तडीसम्म दसभन्दा बढी ठाउँमा पहिरो गएको छ ।’

त्यस्तै ताप्रिसेरासँगै जोडिएको अमकोट–द्वारीमा यसअघि नै पहिरो खसेको थियो । उक्त खण्डमा १३ दिनदेखि नै सवारी आवागमन रोकिएको थियो ।पहिरोले अवरुद्ध साँफे–मार्तडी खण्डमा यातायात खुलाउन आजदेखि काम थालिएको छ । अविरल वर्षासँगै खसेको पहिरोले बुढीगंगा नगरपालिकाको अम्कोटमा सडक भासिएको थियो । भत्किएको सडक मर्मत गर्न सुरु भइसकेको प्रमुख जिल्ला अधिकारी गैरेले जानकारी दिए ।

प्रतिक्रिया