Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

आइतबार, ०६ जेठ २०८१

गगन थापाले भने हामी प्रधानमन्त्री ओलि को साथमा उभिने छौ

गगन थापाले भने हामी प्रधानमन्त्री ओलि को साथमा उभिने छौ

पुर्वमन्त्री एवम् नेपाली कांग्रेसका प्रभावशाली नेता गगन थापाले  जनताको जीवन रक्षा गर्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई सहयोग गर्ने बताएका छन् ।

शनिवार ट्वीटरमा एक भिडियो सन्देश जारी गर्दै नेता थापाले कोरोना महामारीसँग जुध्नका लागि मन, ध्यान, शक्ति, उर्जा र सबै संयन्त्र लगाउन आग्रह समेत गरेका छन् । 

उनले भनेका छन्,  फेरि एकपटक मौका पाउनु भएको छ। अब केही दिन तपाईं अन्य सबै कुरा छोडेर मन,ध्यान,शक्ति,उर्जा, संयन्त्र सवै महामारीसँग जुध्न लगाउनुहोस्। हामी पनि अबको केही समय तपाईँसँगका सवै असहमतिलाई बिसाएर जनताको जीवन रक्षा गर्न तपाईंको साथमा उभिनेछौँ।

प्रतिक्रिया