Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

आइतबार, ०६ जेठ २०८१

हरेक अफ्ट्यारोमा बयालपाटा अस्पताललाई सघाउदै साँफेबगर नगरपालिका

हरेक अफ्ट्यारोमा बयालपाटा अस्पताललाई सघाउदै साँफेबगर नगरपालिका

अछामको साँफेबगर नगरपालिकाले बयालपाटा अस्पताललाई  ५ थान अक्सिजन कन्सनटेटर उपलब्ध गराएको छ । नगरपालिकाले अस्पताललाई ५ वटा अक्सिजन कन्सनटेटर  हस्तान्त्ररण गरिएको साँफेबगर नगरपालिकाका नगर प्रमुख कुल बहादुर कुवँरले बताउनु भयो । 

नगर प्रमुख कुँवर आफै अस्पताल पुगेर गत बुधबार २ थान र शनिबार ३ थान गरी जम्मा ५ थान अक्सिजन कन्सनटेटर बयालपाटा अस्पतालका मेडिकल डाईरेक्टर डा. मन्दीप पाठकलाई हस्तान्त्ररण गर्नुभएको थियो  । 

नगर प्रमुख कुवँरका अनुसार अस्पताललाई थप आवश्यक अन्य उपकरणका लागि समेत समन्वय भईरहेको छ । कोरोना भाईरसको रोकथाम र नियन्त्रणका लागि आवश्यक स्वास्थ्य सामाग्री लगायतका अन्य उपकरणका लागि बिभिन्न दातृ निकाय संग आफुले पहल गरिरहेको उहाँले जानकारी दिनुभयो ।

यस्तो महामरीको समयमा बरु विकाश निर्माणको बजेट बाट भएपनी स्वास्थ्य क्षेत्रमा लगाउँनु पर्छ भन्ने मान्यताका साथ साँफेबगर नगरपालिका अघाडी बढ्ने कुरा पनि नगर प्रमुख कुँवरले प्रष्ट पार्नुभयो ।

कोरोनाको कहरमा मात्र नभएर साँफेबगर नगरपालिकाले बयालपाटा अस्पताललाई सधै आवश्यक सहयोग गर्दै आएको कुरा बयालपाटा अस्पतालका मेडिकल डाईरेक्टर डा मन्दिप पाठक ले हाम्रो बुलेटिन संगको एक अन्तर्वातामा बताउनु भएको थियो । 

जिल्लाकै नमुना अस्पताल आर्थिक संकट बाट ग्रसित भएको बेला जिल्लाभरिका ९ वटै स्थानिय तहले वे'वास्था गर्दा समेत साँफेबगर नगरपालिकाले सदैव अस्पतालालाई आवश्यक सहयोग गरिरहेको कुरा स्थानिय अगुवाहरु बताउछन । 

प्रतिक्रिया