Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

आइतबार, ०६ जेठ २०८१

तिन दिनमा नेपालमा ५ सय ८५ को मृत्यु, १५ हजार बढी कोरोना मुक्त !

तिन दिनमा नेपालमा ५ सय ८५ को मृत्यु, १५ हजार बढी कोरोना मुक्त !

पछिल्लो समय नेपालमा कोरोना भाइरसको दोश्रो भेरियन्ट  फैलिए सँगै  संक्रमित र मृत्युदर ह्वात्तै बढेको छ ।  संक्रमण बढे सँगै कोरोना मुक्त हुनेको संख्या पनि बढ्दो क्रममा रहेको छ । 

पछिल्ला तिन दिनमा नेपालमा १५ हजार १ सय १४ जना कोरोना मुक्त भएका छन् । हिजो शुक्रबार सबै भन्दा धेरै ६ हजार १ सय ३५ कोरोना मुक्त भएका छन् भने ८ हजार ५ सय २० संक्रमित थपिएका छन् । 

यस्तै बुधबार र बिहीबार क्रमश ९ हजार ३ सय ५ जना र ८ हजार ९ सय ६० संक्रमित भेटिँदा क्रमश ४ हजार ४ सय ४४ र ५ हजार ५५ जना कोरोनालाई जितेर घर गएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

यस्तै नेपालमा पछिल्लो ३ दिनमा कोरोना संक्रमण बाट मृत्यु हुनेको संख्या भने उच्च रहेको छ । पछिल्लो तिन दिनमा ५ सय ८५ जनाको मृत्यु भएको छ । 

तिन दिनमा सबै भन्दा धेरै बिहीबार २ सय १४ जनाको मृत्यु भएको छ भने बुधबार १ सय ६८ जना र शुक्रबार २ सय ३ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया