'हाम्रो आत्मसमर्पणले कम्युनिस्ट आन्दोलनको बिसर्जन गर्छ', हाम्रो एक मात्र विकल्प विद्रोह हो : रामकुमारी झाँक्री
नेकपा (एमाले) नेतृ रामकुमारी झाँक्रीले आत्मासमर्पणले कम्युनिस्ट आन्दोलनको बिर्सन गर्ने भन्दै संविधानको रक्षाका लागि एक मात्र विकल्प विद्रोह भएको बताएकी छन्। पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच निर्णायक वार्ता हुँदै गर्दा नेतृ झाँक्रीले यस्तो बताएकी हुन्। उनले ठोस प्रस्ताव र लिखित सहमति बिना अलमलनमा पर्नु नहुनेमा जोड दिएकी छन्।
अध्यक्ष ओलीले संसद विघटन गरेको सही थियो र छ भन्ने प्रमाणि गर्ने प्रयास गरेको भन्दै उनले जनता, लोकतन्त्र र संविधानको रक्षाका लागि विद्रोह मात्र एक विकल्प भएको बताएकी हुन्।
‘ठोस प्रस्ताव र लिखित सहमति बिना अलमलमा पर्नुहुन्न।आफूले संसद विघटन गरेको सहि थियो र छ भन्ने प्रमाणित गर्न प्रभुको ईशारमा यो सबै हुदैछ। जनता, लोकतन्त्र र संबिधानको रक्षाको लागि हाम्रो अगाडी एक मात्र बिकल्प हो विद्रोह’, ट्वीमा झाक्रीले लेखेकी छन्, ‘हाम्रो आत्मसमर्पणले कम्युनिष्ट आन्दोलनको बिसर्जन गर्छ,सचेत बनौँ ।’
सम्बन्धित समाचार
ट्रेन्डिङ
ताजा अपडेट
-
सानपा मा आई.पि.भि. खोप अभियान सम्बन्धि पालिका स्तरीय खोप समन्वय समितीसंग अभिमुखिकरण कार्यक्रम सम्पन्न
-
साँफेबगर नगरपालिकामा दुई दिने खोप कार्यक्रमको स्वास्थ्य संस्था स्तरीय सुक्ष्म योजना तर्जुमा गोष्ठी सुरु
-
आज सुदूरपश्चिमका मुख्यमन्त्रीले विश्वासको मत लिँदै
-
ने.वि संघ अछाम द्धारा प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्री लाई ज्ञापन पत्र
-
चौरपाटी गाउँपालिकाको निति तथा कार्यक्रम सार्वजनिक -पूर्णपाठ सहित
प्रतिक्रिया