बेरोजगार युवालाई रोजगारीको व्यवस्था गर्न माग
तुर्माखाँद, असार ३० ।
युवा सरोकार अभियान तुर्माखाँदले समाजमा भइरहेको विकृति तथा विसंगति अन्त्यका लागि गाउँपालिकाको ध्यानाकर्षण गराएको छ । गाउँपालिकाका अध्यक्ष पुष्पराज शर्मालाई सोमबार एक ज्ञापन पत्र बुझाउँदै अभियानले समाजमा बढिरहेका विृकति, विसंगति तथा भ्रष्ट्राचार नियन्त्रणका लागि प्रभावकारी कदम चाल्न आग्रह गरेको हो । साथै, उसले कोरोना भाइरसको महामारीका कारण विदेशबाट गाउँ फर्किएका युवाहरुलाई उत्पादनमुलक क्षेत्रमा लगाएर रोजगारी दिन पनि गाउँपालिकासँग माग गरेको छ ।
ज्ञापनपत्रमा गाउँघरमा हुने विकास निर्माणका कामहरुमा डोजरको प्रयोग नगरेर बेरोजगार बनेका युवाहरुलाई परिचालन गर्न आग्रह गरिएको छ । युवाहरुको मानसिक तथा शारीरिक विकासका लागि विभिन्न कार्यक्रममा बजेट विनियोजन गर्न माग गरेको अभियानले दलित, महिला तथा सीमान्तकृत वर्ग लक्षित कार्यक्रमहरु सञ्चालन गर्न माग गरेको छ । यस्तै, अभियानले कोरोना भाइरस नियन्त्रणका लागि गाउँपालिकामा भएको खर्चको विवरण सार्वजनिक गर्न पनि माग गरेको छ । आफूहरुले राखेका मागहरु पूरा नभए आगामी दिन विभिन्न चरणमा आन्दोलन गर्न बाध्य हुने अभियानका संयोजक लोकेश कुमार बयकको भनाई छ ।
सम्बन्धित समाचार
ट्रेन्डिङ
ताजा अपडेट
-
सानपा मा आई.पि.भि. खोप अभियान सम्बन्धि पालिका स्तरीय खोप समन्वय समितीसंग अभिमुखिकरण कार्यक्रम सम्पन्न
-
साँफेबगर नगरपालिकामा दुई दिने खोप कार्यक्रमको स्वास्थ्य संस्था स्तरीय सुक्ष्म योजना तर्जुमा गोष्ठी सुरु
-
आज सुदूरपश्चिमका मुख्यमन्त्रीले विश्वासको मत लिँदै
-
ने.वि संघ अछाम द्धारा प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्री लाई ज्ञापन पत्र
-
चौरपाटी गाउँपालिकाको निति तथा कार्यक्रम सार्वजनिक -पूर्णपाठ सहित
प्रतिक्रिया