Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

सोमबार, ०७ जेठ २०८१

साँफेबगरका थप २ जनामा कोरोना संक्रमण पुष्टि

साँफेबगरका थप २ जनामा कोरोना संक्रमण पुष्टि

अछाम जिल्लामा पछील्लो २४ घण्टामा थप २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। धनगढीस्थित सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरीएको परीक्षणमा आज १ महीला र १ पुरुषमा कोरोना पुष्टि भएको हो।

जिल्लाको साँफेबगर नगरपालीका वडा नं ११ देविस्थानका २५ बर्षका पुरुष र २३ बर्षकी महीलामा कोरोना संक्रमण पुष्टि भएको सेती प्रादेशिक अस्पतालले जनाएको छ ।यस्तै

अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठका अनुसार कैलालीको टीकापुर नगरपालिका वडा नम्वर ५ का ७४ बर्षीय पुरुष, गौरीगंगा नगरपालिका वडा नम्वर ४ का ४० बर्षीया महिला, लम्की चुहा नगरपालिका वडा नम्वर ५ का ४० बर्षीया महिलामा कोरोना पुष्टि भएको छ।

उनले शुक्लाफाँटा नगरपालिका वडा नम्वर ४ कञ्चनपुरका २२ बर्षीय युवकमा समेत कोरोना पुष्टि भएको जानकारी दिए। उनका अनुसार सेती अस्पतालको प्रयोगशालामा पछिल्लो २४ घण्टामा दुई सय ८० जनाको कोरोना परीक्षण गरिएको जानकारी दिए।

प्रतिक्रिया