Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शनिबार, ०५ जेठ २०८१

बाजुरामा चितुवाको छालासहित २ जना पक्राउ

बाजुरामा चितुवाको छालासहित २ जना पक्राउ

अछाम - बाजुरामा चितुवाको छालासहित २ जना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा त्रिवेणी नगरपालिका -९ का मानसिहं थापा र तुला शार्की रहेका जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ। 

शनिबार उनीहरुको साथबाट चितुवाको दाँत, छाला र हड्डी बरामद गरिएको प्रहरीले बताएको छ। 

उनीहरुलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान अगाडी बढाएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख प्रहरी नायब उपरीक्षक मदनजित महराले बताए।
 

प्रतिक्रिया