Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शनिबार, ०५ जेठ २०८१

विनाशकारी महाभूकम्पको ६ वर्ष पूरा

विनाशकारी महाभूकम्पको ६ वर्ष पूरा

काठमाडौँ - गोरखाको बारपाक केन्द्रबिन्दू भएर वि।स। २०७२ साल बैशाख १२ गते गएको को आज ६ वर्ष पूरा भएको छ ।
राजधानी काठमाडौं उपत्यकासहित मध्य नेपालका १४ जिल्लामा नराम्ररी क्षति पु¥याएको भूकम्पले करिव ९ हजार मानिसको ज्यान लिएको थियो भने २२ हजारभन्दा बढी घाइते भएका थिए । अन्य १८ जिल्ला कम प्रभावित बनेका थिए ।

भूकम्पले गोखरा, सिन्धुपाल्चोक, दोलखा, रसुवा जिल्लाहरुमा बढी क्षति गराएको थियो । भूकम्पमा ८ लाखभन्दा बढी निजी आवास भत्किएका थिए भने ऐतिहासिक सम्पदा, विद्यालय, सार्वजनिक भवन, स्वास्थ्य संस्थासहित अन्य संरचनामा क्षति पुगेको थियो ।

भूकम्पले नेपालको पुरातात्विक सम्पदाको रुपमा रहेको धरहरा ढलेको थियो भने थुप्रै सांस्कृति सम्पदामा असर गरेको थियो । पुनर्निर्माणपछि हिजोमात्रै प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ धरहराको उद्घाटन गर्नुभयो ।

भूकम्प गएको ६ वर्ष वितिसक्दा समेत निजी तथा सार्वजनिक संरचनाहरुको पुनर्निर्माणको कामले भने अपेक्षाकृत रुपमा गति लिन सकेको छैन । सरकारले राष्ट्रिय पुनर्निर्माण प्रधीकरण स्थापना गरी पुनर्निर्माणको काम गरिरहेको छ ।

प्रतिक्रिया