Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

सोमबार, ०७ जेठ २०८१

कञ्चनपुरमा प्रहरी दम्पती सवार मोरटरसाईकल दुर्घटना : श्रीमतीको मृत्यु, श्रीमान घाइते

कञ्चनपुर : कञ्चनपुरमा मोटरसाईकल दुर्घटना हुँदा एक जना महिला सशस्त्र प्रहरीको मृत्यु भएको छ । महेन्द्रनगरबाट कैलालीतर्फ गएरहेको म १ प ८९१ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकलमा सवारी महिला प्रहरीको मृत्यु भएको छ भने उनको श्रीमान घाइते भएका छन ।

पूर्वपश्चिम राजमार्ग अन्तर्गतको कृष्णपुर बनदेवी झाडीमा विपरित दिशाबाट आइरहेको साइकललाई बचाउँन खोज्दा मोटर साइकल दुर्घटनामा परेको थियो । दुर्घटनमा मोटरसाइक चालक प्रहरी जवान चन्द्रबहादुर बोहराकी २४ वर्षीया श्रीमती तारा बोहराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।

बझाङ घर भएका बोहरा पाँच वर्ष पहिले प्रहरीमा भर्ना भएका थिए। बैतडी माइत भएकी तारा बोहरा पनि सशस्त्र प्रहरीमा रहेको र दार्चुलामा कार्यरत रहेको खुल्न आएको छ ।

प्रतिक्रिया