Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

सोमबार, ०७ जेठ २०८१

अछाममा कोरोना संक्रमितको संख्या ६०७ पुग्यो, १७८ जना निको भए

अछाममा कोरोना संक्रमितको संख्या ६०७ पुग्यो, १७८ जना निको भए

अछाम – जिल्लामा कोरोना संक्रमितको संख्या ६ सय ७ पुगेको छ । बिहिबार मंगलसेन नगरपालिकामा १ जना, साँफेबगर नगरपालिकामा २ जना र चौरपाटि गाँउपालिकामा १ जना गरी ४ जनामा कोरोना पुष्टि भएको हो ।

यो संगै कोरोना संक्रमितको संख्या ६ सय ७ पुगेको जिल्ला स्वास्थ्य कार्यालय अछामले जानकारी दिएको छ । साँफेबगर नगरपालिकामा आज २ जनालाई कोरोना पुृष्टि भएको छ । साँफेबगर नगरपालिकाका ३६ र ३० बर्षका महिलामा कोरोना पुष्टि भएको हो ।

यो संगै साँफेबगरमा कोरोना संक्रमितको सख्या १ सय ५२ पुगेको छ । यस्तै मंगलसेन नगरपालिका वडा नम्बर १४ का ७५ बर्षका पुरुषमा कोरोना पुष्टि भएको हो । यो संगै मंगलसेनमा संक्रमितको सख्या ६९ पुगेको छ । यस्तै चौरपाटी गाउँपालिकाका २३ बर्षका महिलामा कोरोना पुष्टि भएको हो । त्यहाँ संक्रमितको सख्या ५१ जना पुगेको छ ।

हालसम्म मेल्लेखमा कोरोना संक्रमितको सख्या १ सय १, रामारोशन गाउँपालिकामा १ सय ४ जना, वान्नीगढी जयगढ गाउँपालिकामा ३४ जना, ढकारी गाउँपालिकामा २८ जना, पन्चदेवल विनायक नगरपालिकामा २० जना, कमलवजार नगरपालिकामा २५ जना र तुर्माखाँद गाउँपालिकामा २३ जनालाई कोरोना पुष्टि भएको छ ।

कोरोना निको हुनेको सख्या १७८ पुगेको छ । आज साँफेबगरका थप २० जनालाई कोरोना निको भएसगै निको हुनेको सख्या १७८ पुगेको हो ।सुदूरपश्चिम प्रदेशका पहाडि जिल्लामा सबैभन्दा बढी बाजुरामा ६ सय १५, अछामका ६०७, डोटीका ५७७, कञ्चनपुरका ४४३ जना, डडेल्धुराका २८०, बैतडीका २७४, बझाङ १६६ र दार्चुलामा १९ जनामा कोरोना पुष्टि भएको मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया