Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

आइतबार, ०६ जेठ २०८१

आधा शरीर जलेको र खुट्टा काटिएको अवस्थामा महिलाको शव फेला

आधा शरीर जलेको र खुट्टा काटिएको अवस्थामा महिलाको शव फेला

 रौतहट- रौतहटको यमुनामाई गाउँपालिकामा एक महिलाको आधा शरीर जलेको अवस्थामा शव फेला परेको छ।

बिहीबार यमुनामाई गाउँपालिका–५ झुनखुनुवाटोलको खेतमा नाम वतन नखुलेको अन्दाजी २५ वर्षीया महिलाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी नायब उपरीक्षक भरत श्रेष्ठले जानकारी दिए। 

सो गाउँपालिकाको झुनखुनवा र मोतीपुर गाउँबीच रहेको सुन्दर साहको खेतमा रहेको भुसमा आगो लगाएको र सोही भुसको आगोमा शव भेटिएको प्रहरी नायब उपरीक्षक श्रेष्ठले जानकारी दिए। 

महिलालाई हत्या गरी मसुरोको भुसमा आगो लगाएर प्रमाण नष्ट गर्ने उद्देश्यले सो घटना गरिएको हुन सक्ने  प्रहरीको प्रारम्भिक अनुमान छ। घटनाको अनुसन्धानका लागि तालिमप्राप्त कुकुरको मद्दतमा चाँडै दोषी पक्राउ गरी कारबाही गरिने डिएसपी श्रेष्ठले बताए। 

महिलाको एउटा खुटा काँटिएको, आधा शरीर जलेको अवस्थामा शव फेला परेको र घटना सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको उनले बताए।

प्रतिक्रिया