Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

मङ्गलबार, ०८ जेठ २०८१

देशभर एक करोड ६२ लाख ४३ हजार एक सय १० मतदाता कायम

देशभर एक करोड ६२ लाख ४३ हजार एक सय १० मतदाता कायम

काठमाण्डौ – निर्वाचन आयोगले देशभरका मतदाताको सङ्ख्या सार्वजनिक गरेको छ । बुधवार एक विज्ञप्ति निकालेर आयोगले देशभर एक करोड ६२ लाख ४३ हजार एक सय १० जना मतदाता रहेको जानकारी दिएको हो । 

आयोगले गएको माघ १५ गतेदेखि मतदाता अद्यावधिक कार्यक्रम सञ्चालन गरेको थियो । त्यस्तै आयोगले मतदानस्थल तथा मतदान केन्द्रको पनि पुनरावलोकन गरेको छ । अब देशभर १० हजार ६ सय ६० मतदान स्थल कायम भएका छन् । 

साथै अयोगले गएको पुस ६ गतेदेखि स्थगित भएको मतदाता नामावली सङ्कलन तथा अद्यावधिक गर्ने काम फेरि सुरू गर्ने निर्णय गरेको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिनुभयो । 

 

प्रतिक्रिया