भागरथी हत्या अनुसन्धानमा खटिएका असई र जवानको बढुवा
बैतडीकी १७ वर्षीया किशोरी भागरथी भट्टको बलात्कारपछि हत्या घटनाको अनुसन्धानमा संलग्न दुई प्रहरीको एक तह बढुवा गरिएको छ ।
प्रहरी प्रधान कार्यालयले असई पदमबहादुर थापा र जवान नरबहादुर थापालाई एक तह बढुवा गरेको हो । उनीहरु दुवै भागरथी हत्याकाण्डको अनुसन्धानमा खटिएका थिए । एक तह बढुवा भएका थापा अपराध अनुसन्धानमा सफल जुनयर अधिकृत मानिन्छन् ।
प्रहरीमा विशेष अवस्थामा विशेष अनुसन्धानमा खटिएर सफलता प्राप्त गरेका जुनियर अधिकृतको तह बढुवा गरिने गरिन्छ । ‘‘यो विशेष बढुवा हो । उहाँहरुले भागरथी हत्याकाण्डको अनुसन्धानमा अहम् भूमिका खेल्नुभएको थियो । त्यसैले उहाँहरुको नियमित नभई विशेष बढुवा हो,’’ सुदूरपश्चिम प्रदेश कार्यालयका एसएसपी मुकेश सिंहले बाह्रखरीसित भने ।
बढुवा भएका दुवैजनालाई सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका डीआईजी उत्तमराज सुवेदीले दर्ज्यानी चिह्न प्रदान गरे । यस्तै, अनुसन्धानमा खटिएका अन्य पाँच प्रहरी पनि पुरस्कृत भएका छन् ।
बैतडीको दोगडाकेदार गाउँपालिका–७, चडेपानीस्थित सनातन माध्यमिक विद्यालयमा अध्ययनरत् भागरथी गएको माघ २२ गते मृत अवस्थामा फेला परेकी थिइन् । उनको बलात्कारपछि हत्या भएको खुलेको थियो । प्रहरीले हत्यामा संलग्न आरोपमा भागरथीकै आफन्त दिनेश भट्टलाई पक्राउ गरी सार्वजनिक गरिसकेको छ ।
सम्बन्धित समाचार
ट्रेन्डिङ
ताजा अपडेट
-
सानपा मा आई.पि.भि. खोप अभियान सम्बन्धि पालिका स्तरीय खोप समन्वय समितीसंग अभिमुखिकरण कार्यक्रम सम्पन्न
-
साँफेबगर नगरपालिकामा दुई दिने खोप कार्यक्रमको स्वास्थ्य संस्था स्तरीय सुक्ष्म योजना तर्जुमा गोष्ठी सुरु
-
आज सुदूरपश्चिमका मुख्यमन्त्रीले विश्वासको मत लिँदै
-
ने.वि संघ अछाम द्धारा प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्री लाई ज्ञापन पत्र
-
चौरपाटी गाउँपालिकाको निति तथा कार्यक्रम सार्वजनिक -पूर्णपाठ सहित
प्रतिक्रिया