पाँच महिनादेखि विद्युत अवरुद्ध हुँदा बाटुलासेनबासी अन्धकारमा बस्न बाध्य
धिरज कुँवर (अछाम )
रामारोशन गाउँपालिका -४ बाटुलासेनमा रहेको गोगन छडा लघु जलविद्युत परियोजना पाँच महिनादेखि बन्द भएको छ । सो परियोजनामा रहेको ट्रान्समिटर बिग्रिदा पाँच महिनादेखि विद्युत अवरुद्ध भएको स्थानीयले बताएका छन् ।
स्थानीय पुष्प बिष्टका अनुसार विद्युत अवरुद्ध हुँदा १२० भन्दा बढि घरधुरि अन्धकारमा बस्न बाध्य भएका छन् । 'रामारोशन गाउँपालिका ४ बाटुलासेनको भेर्गाउमा रहेको ट्रान्सर्फमरमा समस्या अाए पछि विद्युत अवरुद्ध भएको हो 'विष्टले भने ,'लामो समय देखि गाउँमा बिजुली नहुँदा नहुदा स्थानीयलाई लकडाउनको बेला दैनिकी काम गर्न गाह्रो भएको छ । विद्यालयमा रहेका क्वारेन्टाइनमा पनि असर परेको छ।' यो बिषयमा स्थानीय सरकार र सो परियोजनाको कार्यालयमा पटकपटक विद्युत मर्मतका लागि पहल गरि दिन आग्रह गरे पनि कसैले वास्ता नगरेको बिष्टले बताउनुभयो ।
सम्बन्धित समाचार
ट्रेन्डिङ
ताजा अपडेट
-
सानपा मा आई.पि.भि. खोप अभियान सम्बन्धि पालिका स्तरीय खोप समन्वय समितीसंग अभिमुखिकरण कार्यक्रम सम्पन्न
-
साँफेबगर नगरपालिकामा दुई दिने खोप कार्यक्रमको स्वास्थ्य संस्था स्तरीय सुक्ष्म योजना तर्जुमा गोष्ठी सुरु
-
आज सुदूरपश्चिमका मुख्यमन्त्रीले विश्वासको मत लिँदै
-
ने.वि संघ अछाम द्धारा प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्री लाई ज्ञापन पत्र
-
चौरपाटी गाउँपालिकाको निति तथा कार्यक्रम सार्वजनिक -पूर्णपाठ सहित
प्रतिक्रिया