सवारी साधन किन्ने पैसा विकास निर्माणमा खर्च गर्दै बुढाकोटका जनप्रतिनिधि
धिरज कुँवर (अछाम)
साँफेबगर नगरपालिका -९ बुढाकोटको १३ वटै टोल सडक संजालसँग जोडिएका छन् । वडाका जनप्रतिनिधिले सवारी साधन किन्ने पैसाले स्थानीयको आवस्यकतालाई मध्यनजर गरेर सडक संजालसँग जोडेको वडा अध्यक्ष धुर्व थापाले बताउनुभयो ।
सडक र बिजुलीबाट हालसम्म बन्चित छेपराना टोलमा यहि आवमा बिजुली पुग्ने वडा सदस्य दिपक कुवँरले बताउनुभयो । वडाका हरेक विकास निर्माणका काममा जनप्रतिनिधि , स्थानीय सरोकारवालाको एकनासको धारणा भएको अर्का वडा सदस्य नर बहादुर कुँवरले बताउनुभयो ।
वडाका जनप्रतिनिधिले सवारी साधन किन्ने पैसा विकास निर्माणमा लगाउदा स्थानीयए समेत खुशी व्यक्त गरेको सरस्वती आधारभूत विद्यालयका व्यवस्थापन समिति अध्यक्ष नवल सिंह कुँवरले बताउनुभयो ।जनप्रतीनिधीले आफ्नो सुविधाका लागि करोडौं रुपैयाँ सवारी साधन खरिदमा खर्च गर्ने गरेको बेला यहाँका जनप्रतीनिधीले विकास निर्माणमा खर्च गरेर उदाहरणीय काम गरेको उहाँले बताउनुभयो ।
सम्बन्धित समाचार
ट्रेन्डिङ
ताजा अपडेट
-
सानपा मा आई.पि.भि. खोप अभियान सम्बन्धि पालिका स्तरीय खोप समन्वय समितीसंग अभिमुखिकरण कार्यक्रम सम्पन्न
-
साँफेबगर नगरपालिकामा दुई दिने खोप कार्यक्रमको स्वास्थ्य संस्था स्तरीय सुक्ष्म योजना तर्जुमा गोष्ठी सुरु
-
आज सुदूरपश्चिमका मुख्यमन्त्रीले विश्वासको मत लिँदै
-
ने.वि संघ अछाम द्धारा प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्री लाई ज्ञापन पत्र
-
चौरपाटी गाउँपालिकाको निति तथा कार्यक्रम सार्वजनिक -पूर्णपाठ सहित
प्रतिक्रिया