जिससद्वारा स्थानीय तहलाई मास्क र सेनिटाइजर वितरण
धिरज कुँवर ( अछाम)
जिल्ला समन्वय समिति अछामले यहाँका १० वटै स्थानीय तहमा मास्क र सेनिटाइजर वितरण गरेको छ । जिल्लामा समन्वय समितिका प्रमुख नरबहादुर कुँवरको नेतृत्वमा क्षेत्रमा नम्बर १ का पाँच वटा स्थानीय तह र उपप्रमुख टोपबहादुर रावलको नेतृत्वमा क्षेत्र नम्बर २ का पाँच वटा स्थानीय तहमा स्वास्थ्य सामग्री वितरण गरिएको हो ।
बुधबार मंगलसेन नगरपालिकामा उपप्रमुख सरिता उपाध्यायलाई सामाग्री हस्तान्तरण गर्दै जिसस सदस्य सुरत बुढ्थापाले थोरै स्रोत साधनका बाबजुद सामग्री वितरण गरिएको बताउनुभयो । स्वास्थ्य सामाग्री वितरणमा मंगलसेन नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत खगेन्द्र सोडारीको उपस्थिति रहेको थियो ।
सम्बन्धित समाचार
ट्रेन्डिङ
ताजा अपडेट
-
सानपा मा आई.पि.भि. खोप अभियान सम्बन्धि पालिका स्तरीय खोप समन्वय समितीसंग अभिमुखिकरण कार्यक्रम सम्पन्न
-
साँफेबगर नगरपालिकामा दुई दिने खोप कार्यक्रमको स्वास्थ्य संस्था स्तरीय सुक्ष्म योजना तर्जुमा गोष्ठी सुरु
-
आज सुदूरपश्चिमका मुख्यमन्त्रीले विश्वासको मत लिँदै
-
ने.वि संघ अछाम द्धारा प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्री लाई ज्ञापन पत्र
-
चौरपाटी गाउँपालिकाको निति तथा कार्यक्रम सार्वजनिक -पूर्णपाठ सहित
प्रतिक्रिया