Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

सोमबार, ०७ जेठ २०८१

कोरोना को कारण अछाम मा एक जना को मृत्यु

कोरोना को कारण अछाम मा एक जना को मृत्यु

अछाम  । अछाममा कोरोना संक्रमण बाट एक जनाको मृत्यु भएको छ ।

यहि असार १४ गते बयालपाटा अस्पतालमा मृत्यु भएका पुरुषको कोरोना पिसिआर रिपोर्ट पोजेटिभ आएको जिल्ला अस्पताल अछामका सूचना अधिकारी देब जोशीले जानकारी दिए ।

जिल्लामा कोरोनाको संक्रमण बाट मृत्यु हुने पहिलो ब्यक्ती  रामारोशन गाउँपालिका ५ का ४५ वर्षीय एक पुरुष रहेका छन ।
भारतबाट आई क्वारेन्टाईनमा बसेका उनलाई आरडीटी नेगेटिभ देखिएको थियो ।

तर केही दिनअघि स्वास्थ्यमा समस्या आएपछि बयालपाटा अस्पताल पुर्याईएका उनको उपचारको क्रममा मृत्यु भएपछि स्वाव संकलन गरि सेति प्रादेशिक अस्पताल धनगढी पठाइएको थियो ।

प्रतिक्रिया