तुर्माखाँदकी गर्भवती महिला लाई हेलिकप्टरमार्फत सुर्खेत पठाइयो , लकडाउन यता ३ जना महिलाको उद्वार
धिरज कुँवर (अछाम)
तुर्माखाँद गाउँपालिका ४ कि १८ बर्षिया गर्भवतीको नेपाली सेनाको हेलिकप्टरद्वार उद्वार गरिएको छ । १८ बर्षिया मनिषा ओखेडाको आज बिहीबार तुर्माखाँदबाट सुर्खेत रिफर गरिएको प्रमुख जिल्ला अधिकारी पुण्य विक्रम पौडेलले जानकारी दिनुभयो । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयबाट खर्च व्यहाेर्ने गरी एकजना गर्भवती महिलाको अछाम तुर्माखाँदबाट उपचारको लागि पठाइएको उहाँले बताउनुभयो ।
दुर्गम क्षेत्रमा ज्यान जोखिममा परेका गर्भवती र सुत्केरी महिलाको कार्यविधि अनुसार अहिलेसम्म अछामका ४ जना महिलाको उद्वार गरिएको राष्ट्रपति महिला उत्थान समन्वय इकाई प्रमुख अन्जु ढुंगानाले बताउनुभयो ।
'देशभर लकडाउनको अवधिमा १९ जना सुत्केरी र गर्भवती महिलाको उद्वार भएको छ । जसमा तीन जना अछामको रामारोशन र तुर्माखाँद गाउँपालिकाका रहेका छन्।' उहाँले भन्नुभयो । कार्यक्रम लागू भएपछि अछामका ४ जना महिलाको उद्वार भएको उहाँले बताउनुभयो ।
सम्बन्धित समाचार
ट्रेन्डिङ
ताजा अपडेट
-
सानपा मा आई.पि.भि. खोप अभियान सम्बन्धि पालिका स्तरीय खोप समन्वय समितीसंग अभिमुखिकरण कार्यक्रम सम्पन्न
-
साँफेबगर नगरपालिकामा दुई दिने खोप कार्यक्रमको स्वास्थ्य संस्था स्तरीय सुक्ष्म योजना तर्जुमा गोष्ठी सुरु
-
आज सुदूरपश्चिमका मुख्यमन्त्रीले विश्वासको मत लिँदै
-
ने.वि संघ अछाम द्धारा प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्री लाई ज्ञापन पत्र
-
चौरपाटी गाउँपालिकाको निति तथा कार्यक्रम सार्वजनिक -पूर्णपाठ सहित
प्रतिक्रिया