Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बिहिबार, १५ चैत २०८०

अछाममा बस दुर्घटना एक जनाको मृत्यु, १७ जना घाइते

अछाममा बस दुर्घटना एक जनाको मृत्यु, १७ जना घाइते

मंगलसेनबाट धनगढीतर्फ गइरहेको बस मार्कुमा दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने अन्य १७ जना घाइते भएका छ्न् । जिल्ला प्रशासन कार्यालय अछामका अनुसार ना. ४ ख ९९७२ नं.को यात्रुबाहक बस सोमबार बिहान दुर्घटना भएको हो ।

स्थानीयका अनुसार साँफेबगर नगरपालिका -३ का १९ बर्षिय निरज कुँवरको ज्यान गएको हो । चालकसहित १८ जना सवार रहेको उक्त बस सडकबाट करिब ६० मिटरजति तल झरेको प्रारम्भिक जानकारी रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । अहिलेसम्म ७ जनालाई थप उपचारको लागि बयालपाटा अस्पतालमा ल्याइएको छ

प्रतिक्रिया