Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शुक्रबार, ०७ बैशाख २०८१

प्रथम रात्रिकालिन सिरिजको दोस्रो दिन लायन्स विजयी - धनगढी

प्रथम रात्रिकालिन सिरिजको दोस्रो दिन लायन्स विजयी - धनगढी

धनगढीमा जारी प्रथम रात्रिकालीन क्रिकेट सिरिजको दोस्रो दिन आइतबार राति भएको खेलमा लायन्स क्लब विजयी भएको छ ।

टस जितेर पहिले ब्याटिग गरेको लायन्सले १९.३ ओभरमा १११ रन बनायो । जसमा आदर्श बमले २२ रन बनाए । खेलमा किरन बोहराको उत्कृष्ट बलिग रहयो । १११ रनको लक्ष्य पछ्याउने क्रममा वारियर्स क्लबले ७३ रनमै समेटिन पुग्यो । जस्मा ओपनर कप्तान मोहित बोहराले १५ रन र रोहन भट्टले सर्वाधिक २० रन बनाए पनि टिमलाई जिताउन सकेनन् ।

सिरिज १–१ को बराबरीमा पुगे संगै सोमबार निर्णायक खेल हुने आयोजक शिखर युवा क्लब धनगढीका अध्यक्ष अन्नत बोहराले जानकारी दिए । धनगढीमा नेपालमै पहिलो पटक रात्रिकालीन क्रिकेट सिरिज शनिबारदेखि सुरु भएको छ । धनगढी उपमहानगरपालिका १३ स्थित खेल मैदानमा शिखर युवा क्लब धनगढीको आयोजनामा रात्रिकालीन सिरिज सुरु गरिएको हो ।

अन्डर १६ प्रतिपर्धा अन्तरगत रात्रिकालीन क्रिकेटको सम्भाव्यता परीक्षण गर्न पहिलो पटक आयोजना भएको आयोजक क्लबको दाबी छ ।

प्रतिक्रिया