Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बिहिबार, १५ चैत २०८०

उद्योग वाणिज्य संघ कैलालीका अध्यक्ष पुष्पराज कुवँर महासंघको केन्द्रीय सदस्यमा विजयी - चारवटा प्रदेशको नतिजा सार्वजनिक

उद्योग वाणिज्य संघ कैलालीका अध्यक्ष पुष्पराज कुवँर महासंघको केन्द्रीय सदस्यमा विजयी - चारवटा प्रदेशको नतिजा सार्वजनिक

नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रीय सदस्य पदमा कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्पराज कुवँर निर्वाचित भएका छन् ।

महासंघको ५४ औं साधारण सभाबाट कुवँर प्रदेश तर्फबाट केन्द्रीय सदस्यमा निर्वाचित भएका हुन् ।

सुदूरपश्चिम प्रदेशबाट १० भोट खसेकोमा कुवँर ८ भोट पाएर बिजयी भएका हुन भने उनका प्रतिद्धन्दीले दुई भोट मात्र पाएर पराजित भएका छन् ।

चारवटा प्रदेशको नतिजा सार्वजनिक

नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचनको पछिल्लो परिणाम अनुसार २ नम्बर प्रदेशबाट केन्द्रीय सदस्यमा विजयकुमार शाह १२ मतसहित विजयी भएका छन् । शाहका निकटतम प्रतिद्वन्द्वी विनोदप्रसाद शाहले भने एक मत पनि प्राप्त गरेन्न् ।

यसैगरी, गण्डकी प्रदेशबाट बाबुराम गिरी ९ मतसहित विजयी भएका छन् । उनका प्रतिद्वन्द्वी निर्माणकुमार श्रेष्ठले ६ मत प्राप्त गरे । यसैगरी, लुम्बिनी प्रदेशबाट  जसमेर मियाँ १० मतका साथ विजयी भएका छन् । उनका प्रतिद्वन्द्वी हेमराज बन्जाडेले ९ मत प्राप्त गरे ।   

यसैगरी, कर्णाली प्रदेशबाट लालिमान बुढा ७ मत प्राप्त गर्दै विजयी भए । उनका निकटम प्रतिस्पर्धी प्रकाश अधिकारीले ३ मत प्राप्त गरे । 

सुदुरपश्चिमबाट पुष्पराज कुवँर ८ मत  प्राप्त गरेर विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी देवबहादुर रोकायले २ मत मात्रै प्राप्त गरेका छन् ।

प्रतिक्रिया