झण्डा एक, स्वार्थ अनेक यही हो नेपाली राजनीतिको दुर्भाग्य - सबै दलभित्र अहिले ‘अयोग्य’हरुको हल्लीखल्ली मात्र !

बहुदलीय व्यवस्थामा विभिन्न राजनीतिक दलबीच विचारधारा, नीतिका आधारमा प्रतिस्पर्धा हुनु स्वाभाविक हो । तर नेपालमा राजनीतिक दलहरुबीच मात्र होइन, ती दलभित्र पनि विभिन्न पक्ष र प्रतिस्पर्धा देखा पर्दै आएका छन् । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा विभिन्न पक्ष छन् । एउटै झण्डामुनि रहेका कार्यकर्ताहरु कोही ओली समूह, कोही प्रचण्ड समूह, कोही माधवकुमार नेपाल समूहका रुपमा विभक्त छन् । अर्थात् केन्द्रमा केपी शर्मा ओली, पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल लगायतका नेताहरु आ–आफ्नो गुट बनाएर संघर्षरत छन् ।

प्रतिपक्ष नेपाली काँग्रेसभित्र पनि एउटै झण्डामुनि शेरबहादुर देउवा पक्ष, रामचन्द्र पौडेल पक्ष, कृष्णप्रसाद सिटौला पक्ष भनेर गुटहरु आन्तरिक प्रतिस्पर्धामा उत्रिने गरेका छन् । 

जनता समाजवादी पार्टी नेपाल आफैँमा अनेक राजनीतिक दलहरुबीच एकता हुँदै बनेको राजनीतिक संगठन हो । उक्त दलको झण्डामुनि पनि एकता अघि अस्तित्वमा रहेका विभिन्न दलका आधारका गुटहरुबीच प्रतिस्पर्धा हुने गरेको छ ।

विभिन्न तीन घटकबीच एकता भएको राप्रपामा पछिल्लो समय एउटै झण्डामुनि कमल थापा, पशुपति शमशेर जबरा र डा. प्रकाशचन्द्र लोहनीबीच शक्ति संघर्ष हुने गरेको छ । यस्तो शक्ति संघर्षका कारण यो पार्टी विगतमा तीन खण्डमा विभाजित भएर पुनः एक ठाउँमा उभिएको हो । 

पार्टीभित्रका संघर्षलाई अझ प्रस्ट्याउँदै उनले भने, ‘सबैजसो पार्टीभित्र मठाधीशले मठ कब्जा गरेर बसेको जस्तो अवस्था छ । नयाँ व्यक्ति, नयाँ सोच, नयाँ चिन्तन, नयाँ नीति प्रवाह हुनै सक्दैन । तिनकै पछि लागेर लम्पसार परेर जानेबाहेक अवस्था नै छैन ।’

एउटै दलभित्र देखिएका विभिन्न समूहलाई ‘आन्तरिक लोकतान्त्रिक अभ्यास’ का नाममा दलहरुले जायज ठह¥याउँदै आएका छन् । तर विश्लेषकहरु यसलाई ‘सत्तामुखी खेल’ मात्र ठान्दछन् । नेपाली राजनीतिक दलहरु विचारधाराका दृष्टिले ‘प्रभावहीन’ अवस्थामा रहेको र ती दलभित्र पनि विभिन्न गुटहरु कुनै विचार वा सिद्धान्तका लागि नभई सत्ताकै लागि आपसमा संघर्षरत रहेको उनीहरुको भनाइ छ ।

राजनीतिक विश्लेषक प्राध्यापक कृष्ण खनाल सबैजसो दलभित्र अहिले ‘अयोग्य’हरुको हल्लीखल्लीमात्र देखिएको बताउँछन् । राजनीतिक दलहरुमा २÷३ दशकदेखि एउटै अनुहार हावी हुँदै आएको कारण नयाँ सोच, नयाँ नीति, नयाँ चिन्तनको विकास हुन नसकेको उनको भनाइ छ ।

‘पार्टीको आफ्नै ब्रेन हुँदैन, आफै चल्ने होइन, मान्छेले चलाउने हो । सिद्धान्त बोक्दैमा पार्टी आफै चल्दैन, व्यक्ति महत्वपूर्ण हो । व्यक्तिको क्षमता, उसको बुझाइको अर्थ हुन्छ, उनले भने, ‘अहिलेको समस्या भनेको व्यक्तिको त्यो तह नै कमजोर छ । हामीकहाँ नयाँ मानिसका लागि ठाउँ कहाँ छ र ? गएको २०÷३० वर्षदेखि उनै अनुहार छन् ।’

अहिलेको अवस्थामा सबै नेता एक भएर कसैलाई ‘ल तिमीले जे गरे पनि हुन्छ, हामी समर्थन गर्छौँ’ भनेर सहीछाप गरेर दिए पनि कुनै परिणाम हात नलाग्ने उनको दावी छ । राजनीतिमा देखिएका मानिसहरुको ‘स्टक’ नै कमजोर रहेको उल्लेख गर्दै उनले अहिले विभिन्न पार्टीभित्र कमजोर वा अयोग्यहरुबीचको संघर्षमात्र देखिएको प्रस्ट पारे ।

देश र जनताले खोजेअनुसार, हामीले अपेक्षा गरेअनुसार उनीहरुको लेबल नहुँदा परिवर्तनको प्रत्याभूति वा देश र जनताका समस्या समाधान हुन नसकेको उनले बताए ।

पार्टीभित्रका संघर्षलाई अझ प्रस्ट्याउँदै उनले भने, ‘सबैजसो पार्टीभित्र मठाधीशले मठ कब्जा गरेर बसेको जस्तो अवस्था छ । नयाँ व्यक्ति, नयाँ सोच, नयाँ चिन्तन, नयाँ नीति प्रवाह हुनै सक्दैन । तिनकै पछि लागेर लम्पसार परेर जानेबाहेक अवस्था नै छैन ।’

केही आशा सञ्चार गरेका मानिस पनि तिनकै ढाँचामा कुँजिन थालिसकेको उनले बताए । ‘राजनीतिमा पार्टी अनिवार्य पनि हो, तर पार्टीहरु नै अत्यन्तै असान्दर्भिक भइरहेका छन् । २१ औं शताब्दीको खाँचो के हो त ? २० औं शताब्दीका पुराना चिन्तन, सिद्धान्तले अब कहीँ पनि पु-याउन सक्दैन,’ उनले भने, ‘नयाँपन चाहिन्छ, समाजका अपेक्षालाई जोड्न सक्नुपर्छ । हिजो घोकेका नारा र सैद्धान्तिक रुपमा आएका केही पदावली घोकेर विचार आउने हो र ?’

नेपालको राजनीतिमा अयोग्यहरुको स्टकमात्र रहेको र तिनलाई जति टकटक्याए पनि धुलोमात्र झर्ने उनले बताए । ‘अहिलेका नेकपा, काँग्रेसभित्र सम्भावना भएन भनेरमात्र पनि हुँदैन होला नि त,’ उनले भने, ‘समाजमा अनगिन्ती सम्भावना होलान् तर त्यो सम्भावनालाई बाटो दिने मेसो पनि म कुनै पार्टीमा देख्दिनँ ।’  

पर्चाको तहबाट माथि उठ्न नसक्ने नेतृत्वका कारण समस्या आएको उनको भनाइ छ । ‘आन्तरिक लोकतन्त्र विना खुलापन सम्भव छैन,’ उनले प्रश्न गरे, ‘पार्टीको सदस्यता छ, यत्रा मानिसले नेकपा, काँग्रेसको नेतृत्वलाई भोट हालेका छन् । ती मतदातासँग तिनका नेतृत्वको कुनै साइनो देखिएको छ ? यत्रो ठुलो परिवर्तन आयो, त्यो परिवर्तनको सन्देश बोक्ने मानिस नेतृत्वमा आउनुपर्ने हो कि होइन ?’

अमेरिकामा देखिएको परिवर्तनलाई उदाहरणका रुपमा प्रस्तुत गर्दै उनले भने, ‘ट्रम्पलाई कतिपयले चाहेका थिएनन् । तर उनीहरुको खुला प्रक्रियाका कारण उनी उम्मेदवार हुन सफल भए । खुला प्रक्रियाले गर्दा कहिलेकाहीँ बेठिक मान्छे पनि आउँछ । तर त्यो त एउटा प्रयोग हो, त्यसपछि त्यो जान्छ, दोहो-याएर आउँदैन । कहिलेकाहीँ हामीले नसोचेको, नचाहेको कुरा पनि आउँछन्, तर प्रक्रिया खुला रह्यो भने नचाहिने कुराहरु जसरी आए, त्यसरी नै जान्छन् । राम्रा कुरा आउँछन्, तिनले परिणाम दिन्छन् ।’

नेपालमा खुला प्रकृया नभएका कारण त्यसरी नेतृत्वमा पुग्नेबाटो जो कोहीले नपाउने उनको भनाइ छ । ‘हिजोको माओवादीको कुरा गर्ने हो भने प्रचण्ड, उनको नाम ३५/४० सालदेखि नै सुन्न थालेको होइन ? यही माओवादी पहिलो संविधानसभामा आउँदा अधिकांश ४० वर्ष उमेर नकटेका थिए । अब चुनाव लड्दा ६० भन्दा मुनिका कोही माओवादी आउलान् ? त्यो सम्भावना छ ?’

नयाँपन आउनलाई खुलापन चाहिने उनले प्रस्ट पारे । उनले भने, ‘नेकपाको कुनै कुरा चित्त बुझ्यो, म नेकपाको मतदातामा पुग्छु र आफूलाई प्रतिस्पर्धामा उतार्छु भन्यो भने त्यो बाटो दिन्छ नेकपाले ? काँग्रेसले त्यो बाटो दिन्छ ? ६२/६३ को आन्दोलनमा युवाहरुको चर्चित वर्ग थियो । उनीहरु नेतृत्वमा ८० वर्ष पुगेपछि आउने ?’

नेपालको राजनीतिमा अयोग्यहरुको स्टकमात्र रहेको र तिनलाई जति टकटक्याए पनि धुलोमात्र झर्ने उनले बताए । ‘अहिलेका नेकपा, काँग्रेसभित्र सम्भावना भएन भनेरमात्र पनि हुँदैन होला नि त,’ उनले भने, ‘समाजमा अनगिन्ती सम्भावना होलान् तर त्यो सम्भावनालाई बाटो दिने मेसो पनि म कुनै पार्टीमा देख्दिनँ ।’  

राजनीतिक विश्लेषक हरि रोका अहिले राजनीतिक दलमा विचारधारकै ठुलो समस्या रहेको बताउँछन् । ‘दलहरुसँग नाम छ, नामका आधारमा ब्रान्ड छ तर विचार नै छैन,’ उनले भने, ‘उनीहरुको आर्थिक नीति, सामाजिक नीति, सांस्कृतिक नीति के हो, राजनीति के हो, तिनीहरु कुन वर्ग र कुन समुदायका लागि काम गरिरहेका छन्, कसको सहजताका लागि कसरी काम गर्दैछन् भन्नेबारे कुनै पनि दलसँग कुनै आइडिया नै छैन ।’

सबैजसो दल विचारधारा बेगर नै राजनीति गरिरहेको उनको दावी छ । ‘त्यसैले यहाँ एउटा दल र अर्को दलबीच फरक छुट्याउने कुनै आधार नै छैन, उनले भने, ‘पार्टीभित्रका विभिन्न पक्षको हालत त्योभन्दा फरक छैन ।’

काँग्रेसका नेता रामचन्द्र पौडेलले केही समय अगाडि समाजवादका बारेमा लेखेको एउटा लेखलाई उदाहरणका रुपमा व्याख्या गर्दै उनले भने, ‘उहाँ पावरमै पुगेको मान्छे हो नि, हिजोअस्ति उहाँ पावरमै हुनुहुन्थ्यो । धेरै पटक मन्त्री हुनुभयो । तर उहाँले समाजवाद कहाँ लागू गर्नुभयो ? नवउदारवादको फेरो समातेर वा त्यसको बर्को ओढेर घिउ खाउन्जेल खाने, अहिले आएर समाजवादको कुरा गर्ने ? त्यसैले उहाँको कुरा कसैले पत्याउँदैनन् ।’

काँग्रेस सभापति शेरबहादुर देउवाको अवस्था त्योभन्दा भिन्न नरहेको उनले बताए । ‘देउवाजीको सैद्धान्तिक धरातल के हो ? नेपालमा परिवर्तन ल्याउने, देशको विकास गर्ने, समाजको परिवर्तन गर्ने उहाँको योजना के हो ? कसरी गर्ने भन्नेबारे के छ योजना ?’ उनले भने, ‘नाम त छँदैछ, प्रधानमन्त्री तीन÷चार पटक भइसक्नुभयो, अब जसरी भए पनि पैसा कमाउनु छ ।’

सत्तारुढ दल नेकपामा पनि विचारधाराको ठुलो समस्या देखिएको उनले बताए । ‘झण्डै दुई तिहाइको बहुमत भएको बेलामा पनि समाजवाद नल्याएर कहिले ल्याउने त ? संविधानमा लेखे अनुसारको काममा कहिले जाने ? ओलीसँग के रहेछ त ? देखिएकै हो ।’ नेकपाभित्रका अन्य समूहले पनि ओलीकै असफलतामा आफ्नो सफला देख्ने गरेको उनको भनाइ छ ।

वैचारिक रुपमा राप्रपा अन्य दलको भन्दा केही भिन्न देखिए पनि त्यो दलसँग पनि देशका लागि कुनै योजना नरहेको उनको भनाइ छ । ‘राजा ल्याउने रे, तर राजा ल्याइसकेपछि कस्तो अर्थतन्त्रमा जाने ? कर्पोरेट अर्थतन्त्र हो कि, सामान्य मानिसलाई सामाजिक न्याय दिने हो कि, हिजो पावरमा हुँदा त गरेनन् !’ उनले भने, ‘राजा महेन्द्रले ल्याएको भूमि सुधार त हुने खानेका लागि थियो, सामान्य मान्छेका लागि भएन ।’

साझा पार्टीका रविन्द्र मिश्रले लगाउने गरेको नारा ‘दिन पुगोस्, खान पुगोस्’ लाई उद्धृत गर्दै उनले भने, ‘सामाजिक समानता, सामाजिक न्यायको कुरा त उहाँसँग पनि रहेनछ नि, दिन पुगोस् भन्नुको अर्थ त्यहाँ लिने पनि कोही हुनुप¥यो भन्ने हो । अर्कासँग लिएर गुजारा गर्नेको उत्थान कसरी हुन्छ ?’

विश्लेषक रोकाका अनुसार नेपालमा कन्जरभेटिभ, लिबरल वा लेफ्ट, जे भने पनि बाहिर देखाउने ‘ब्राण्ड नेम’मात्र छ । भित्र आइडोलोजिकल, पोलिटिकल कुरा केही नभएकाले यी पार्टीहरुले केही गर्लान् भन्ने सम्भावना अब कम रहेको उनले बताए । पार्टीभित्रका संघर्ष ‘एनी हाउ पैसा कमाउ’मा केन्द्रित रहेको उनले प्रस्ट पारे । उनले भने, ‘जसले बढी खर्च गर्न सक्छ, त्यो सत्तामा जाने, जसले पपुलर कुरा गर्न सक्छ, भाषणमा चर्को कुरा गर्छ, त्यो सत्तामा जाने हो, तर काम गर्न होइन, कमाउन जाने हो ।’

‘आफू नेतृत्वमा पुगेपछि आफ्नो गुटले राम्रो मन्त्रालय पाउने, महत्वपूर्ण ठाउँमा आफ्ना मान्छेलाई राख्न सकिन्छ भन्ने नै भित्री उद्देश्य हो,’ उनले भने, ‘पार्टीलाई बलियो बनाउने, देश र जनताका लागि काम गर्ने, देशमा आर्थिक उन्नति गर्ने योजना र उद्देश्य कसैमा देखिएको छैन ।’

मधेस मामिलाका जानकार तथा विश्लेषक श्रीमननारायण मिश्र पनि नेपालका सबैजसो राजनीतिक दल र ती दलभित्रका विभिन्न समूह ‘सत्ताका खेलाडी’ मात्र रहेको दावी गर्छन् । ‘सत्ताबाहेक उनीहरुको प्राथमिकतामा देश र जनता भन्ने कुरा कहिल्यै पनि परेन,’ उनले भने, ‘एउटालाई हटाएर अर्को कसरी सत्तामा पुग्ने भन्ने मै यिनीहरु केन्द्रित रहँदै आएका छन् ।’

नेपालका सबैजसो दल पटक पटक सत्तामा गएको र उनीहरुलाई जनताले पटक पटक भोगिसकेको जिकिर गर्दै उनले भने, ‘यिनीहरुको राजनीतिको अन्तिम लक्ष्य भनेको जुनसूकै हालतमा सत्तामा पुग्नु नै हो ।’

दलभित्रको गुटको उद्देश्य पनि त्यही नै रहेको उनको दावी छ । ‘आफू नेतृत्वमा पुगेपछि आफ्नो गुटले राम्रो मन्त्रालय पाउने, महत्वपूर्ण ठाउँमा आफ्ना मान्छेलाई राख्न सकिन्छ भन्ने नै भित्री उद्देश्य हो,’ उनले भने, ‘पार्टीलाई बलियो बनाउने, देश र जनताका लागि काम गर्ने, देशमा आर्थिक उन्नति गर्ने योजना र उद्देश्य कसैमा देखिएको छैन ।’

यस्तो राजनीतिलाई ‘लोकतान्त्रिक अभ्यास’ भनेर चित्त बुझाउन नसकिने उनले बताए । ‘लोकतान्त्रिक अभ्यासका तरिका अरु धेरै छन् तर यस्तो अभ्यासलाई संसदीय अभ्यास वा लोकतान्त्रिक अभ्यास भनेर मान्न सकिँदैन,’ उनले भने, ‘लोकतान्त्रिक अभ्यास त देश र जनतासँग जोडिएको हुनुपर्छ । पछिल्ला कालखण्डमा डा. गोविन्द केसीबाहेक कसैले लोकतान्त्रिक अभ्यास गरेको देखिएन ।’

अन्तर्राष्ट्रिय मामला खासगरी नेपाल–भारत सम्बन्धमा कलम चलाउँदै आएका मिश्रले छिमेकी मुलुक भारतको उदाहरण दिँदै त्यहाँको राजनीतिमा यस प्रकारको स्वार्थी समूह नदेखिएको दावी गरे । ‘भारतमा भारतीय जनता पार्टी, कंग्रेस आइ, भारतीय कम्युनिस्ट पार्टीगरी मुख्य तीन पार्टी छन् । भारतीय जनता पार्टी त्यहाँको राष्ट्रिय स्वयंसेवक संघबाट निर्देशित राजनीतिक संगठन हो त्यसकारण त्यो पार्टी कम्युनिस्टभन्दा पनि बढी अनुशासित पार्टी मानिन्छ । कंग्रेस आइको एक सय वर्षभन्दा लामो इतिहास छ । सो पार्टीको नेतृत्वमा गान्धी परिवारको पकड छ । अर्कोतिर कम्युनिस्ट पार्टीहरु त्यहाँ सिस्टममा चलेका छन् । नामले मात्र होइन, व्यवहार र विचारले पनि कम्युनिस्ट छन्,’ उनले भने, ‘अरु पार्टीहरु पारिवारिक पार्टी हुन् । नितिशकुमार, लालुप्रसाद यादव, शरद पवार, मुलायम सिंहजस्ता नेता केन्द्रित पार्टी छन् । दक्षिण भारततिर पनि यस्ता पार्टी प्रशस्त छन् । पारिवारिक पार्टीहरुभित्र त्यस प्रकारको अन्तरसंघर्ष कमै हुन्छ ।’

नेपालमा भने एउटै झण्डामुनि रहेर पनि विभिन्न पक्षहरु संगठित हुने र सत्ताका लागि बार्गेनिङ गर्ने गरेको उनले प्रस्ट पारे । रातोपाटी