Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शनिबार, ०८ बैशाख २०८१

विश्वका सय प्रभावशाली महिलाको सूचीमा बेवारिसे शव जलाउने नेपाली चेली सपना

विश्वका सय प्रभावशाली महिलाको सूचीमा बेवारिसे शव जलाउने नेपाली चेली सपना

बीबीसी ले तयार पारेको २०२० का प्रभावशाली महिलाको सूचीमा नेपालकी १९ वर्षीया सपना रोका मगर परेकी छन्। बेलायती प्रसारण संस्था  ब्रिटिश ब्रोडकास्टिङ कर्पोरेसन (बीबीसी)ले छानेकाे प्रभावशाली १०० महिलाको सुचिमा बेवारिसे शव व्यवस्थापनमा संलग्न सपना को नाम अटाएकाे हाे ।

बिबिसीको उक्त सूचीमा फिनल्याण्डकी प्रधानमन्त्री साना मरिन, मलेसियाकी चर्चित अभिनेत्री मिसेल योह, अक्सफोर्ड विश्वविद्यालयले बनाइरहेको कोरोना भाइरसविरूद्धको भ्याक्सिनको नेतृत्व गरेकी सारा गिल्बर्ट पनि छन्। सपनाले स्काई टिभी नेपालसंग आफु एकदमै खुसि रहेकी र आफुलाई माया,साथ र सहयोग गर्ने सबैलाई धेरै धेरै धन्यवाद दिएकी छिन ।

पछिल्लाे समय सपनाले  बेवारिसे व्यवस्थापन तथा पुनर्जीवन केन्द्रमार्फत लकडाउनका बेला निःशुल्क खाना खुवाउँदै आएकी छन् ।

प्रतिक्रिया