Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बिहिबार, १३ बैशाख २०८१

वाक नेपाल अछामद्वारा जिल्लाका विभिन्न ठाउँमा खाद्यान्न र सरसफाई सामाग्री वितरण

वाक नेपाल अछामद्वारा जिल्लाका विभिन्न ठाउँमा खाद्यान्न र सरसफाई सामाग्री वितरण

अछाम

कोईकाको आर्थिक सहयोग तथा यूनेस्को र वाक नेपालको सहकार्यमा संचालित कार्यमूलक साक्षरता कक्षामा सहभागी १४६ जना किशोरी तथा यूवातीहरुलाई खाद्यान्न तथा सरसफाई सामाग्री सहयोग गरेको छ । संस्थाले मंगलसेन नगरपालिकाका र चौरपार्टि गाउँपालिकाका विभिन्न वडामा राहात वितरण गरेको हो। मंगलसेन नगरपालिकाका वडा नम्बर ३ र ४ र चौरपार्टि गाउपालिका वडा नम्बर १ सिउडि, २ र ३ सोकट, वडा नं. ४ पायल र वडा नं. ५ लुंग्रा गरि १ सय ४६ जनालाई राहत वितरण गरेको वाक नेपाल अछामले जनाएको छ । यो सँगै अछाम जिल्लामा पटक पटक गरी तीन चरणमा वितरण गरिएको थियो । जसमा चौरपाटी गाउँपलिकामा १६२ जनालाई, मंगलसेन नगरपालिकामा १४५ जनालाई र साँफेबगर नगरपालिकामा १०५ जम्मा ४१२ जना किशोरी तथा यूवातीहरुलाई खाद्यान्न तथा सरसफाई सामाग्री गरिएको छ ।

प्रति व्यक्ति ३० किलो चामल, ३ किलो दाल, २ किलो नुन, २ किलो चिनी, २ लिटर तेल, ६ वटा साबुन, २५ वटा सर्जिकल मास्क, २० प्याकेट (१४० वटा) स्यानेटरी प्याड, १२ जोडी ग्लोब्स, १ किलो सोडा, २ वटा हाते तावेल, १ बोतल सेनिटाइजर, ४ वटा तुथ ब्रस र २ वटा तुथ पेष्ट लगायतका खाद्य तथा स्वास्थ्य सुरक्षाका सामग्री वितरण गरिएको छ । कोरेना भाइरस (कोभिड १९) ले थुप्रै व्यक्ति प्रभावित भएका र त्यसमा पनि संस्थाले छनौट गरेका किशोरी र यूवा महिलाहरू बढि समस्यामा परेकाले खाद्यान्न तथा सरसफाइ सम्बन्धिका सामाग्री वितरण गरिएको हो । आइतबार एकैदिन ९ लाख बराबरको राहत वितरण गरिएको छ । प्रति व्यक्ति ५ हजार ७ सय १९.५० का दरले हाल सम्म जम्मा २३ लाख ५६ हजार ४३४ बराबरको खाद्य तथा स्वास्थ्य सुरक्षाका सामग्री वितरण गरिएको जनाइएको छ । यस्तो अवस्थामा राहत पाएपछि स्थानीय निकै खुसी भएका छन । मंगलसेन नगरपालिका ३ मा भएको कार्यक्रममा सांसद यज्ञ बहादुर बोगटी प्रमुख अतिथि रहनु भएको थियोे ।

कार्यक्रममा बोल्दै उहाँले संस्थाले राम्रो काम गरेकोमा प्रशंसाा गर्दै समृद्ध समाज निर्माणका लागि स्थानीय सरकारसँग समन्वय गरि अघि बढ्न सुझाव समेत दिनु भएको छ । वडा अध्यक्ष पदम सिंह भाटको अध्यक्षतमा भएको कार्यक्रममा नगर प्रमुख पदम बहादुर बोहरा, पत्रकार टेक बहादुर थापा, नेकपाका मीन बहादुर टमट्टा, वाक नेपालका अनुगमन तथा मुल्यांकन अधिकृत गंगा श्रेष्ठ , विपत व्यवस्थापन तथा न्युनिकरण अधिकृत शिवराज ढुंगाना , कल्पना बोहरा लगायतको सहभागीता रहेको थियोे । कार्यक्रमको संचालन वाक नेपाल एच.अइ.भी. टिबी परियोजनाका संयोज कविराज जोशिले गर्नु भएको थियो । चैरपाटी गाउँपालिका वडा नम्बर १ मा वाक नेपालका अध्यक्ष मिन बहादुर कुँवरको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथी चौरपाटी गाउँपालिका वडा १ का वडा सदस्य पदम बहादुर शाह रहनु भएको थियो । सामुदायिक सिकाइकेन्द्र चैरपाटीका अध्यक्ष टेक बहादुर थापा, दलित प्रतिनिधि डिल्ली कामी लगायतको सहभागीता रहेको कार्यक्रमको संचालन वाक नेपाल भकारी परियोजनाका कार्यक्रम संयोजक प्रेम विकले गर्नुभएको थियो । तेस्तै चैरपाटी गाउँपालिका ५ लुङग्रा र वडा नम्बर ४ पायलमा वाक नेपालका उपाध्यक्ष बल बहादुर केसीको अध्यक्षतामा वितरण कार्यक्रमको सञ्चालन गरिएको थियो भने कार्यक्रमको संचालन वाक नेपाल एच.अइ.भी. टी.बी परियोजनाका लेखा अधिकृत किर्ती कुमार खडकाले गर्नु भएको थियो ।

त्यस्तै चैरपाटी गाउँपालिका वडा नं. २ र ३ मा वाक नेपालका कार्यक्रम प्रबन्धक चेतराज जोशीको अध्यक्षतामा वितरण कार्यक्रम भएको थियो । वडा नं. २ प्रमुख अतिथि महिला वडा सदस्य राजु साउँद र वडा नम्बर २ मा प्रमुख अतिथि महिला स्वयंसेविका धौली साउँद रहनु भएके थियो । कार्यक्रमको संचालन वाक नेपाल भकारी परियोजनाका मिल अधिकृत बम भट्टले गर्नु भएको थियो ।

प्रतिक्रिया