Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शुक्रबार, १६ चैत २०८०

आज बिहान यसरि उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै सम्पन्न भयो छठ पर्व

आज बिहान  यसरि उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै सम्पन्न भयो छठ पर्व

उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै यो वर्षको छठ पर्व सम्पन्न भएको छ । शनिबार बिहान देशभरका वर्तालुहरुले उदाउँदो सूर्यलाई अर्घ्य दिएर सूर्य देवको पूजा गरि मनाइने छठ पर्व सम्पन्न गरेका हुन् ।

यो पर्व विशेष गरि तराई मधेशमा उल्लासका साथ मनाइन्छ । पछिल्ला वर्षहरुमा काठमाडौँ उपत्यकासहित देशभर यो चाड उल्लासका साथ मनाउने गरिएको छ ।

शनिबार बिहान उदाउँदै गरेको सूर्यलाई अर्घ्य दिएसँगै चार दिनसम्म मनाइने छठ पर्व सम्पन्न भएको हो ।

छठ पर्वको मुख्य दिन शुक्रवार अस्ताउँदै गरेको सूर्यलाई अर्घ्य दिईएको थियो । शनिबार बिहान उदाउँदै गरेको सूर्यलाई अर्घ्य दिएपछि विधिवत रुपमा छठ पर्वको समापन भएको हो ।

छठ पर्व बुधबारदेखि सुरु भएको थियो । छठको पहिलो दिन बुधबार नहाई खाई, दोस्रो दिन बिहीबार खरना मनाइएको थियो ।

प्रतिक्रिया