Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शुक्रबार, १६ चैत २०८०

अछाममा सामुहिक कुटपिटबाट दलित युवाको ज्यान गयो

अछाममा सामुहिक कुटपिटबाट दलित युवाको ज्यान गयो

अछाममा सामुहिक कुटपिट परी गम्भीर युवकको  मृत्युु भएको छ । जिल्लाको रामारोशन गाउँपालिका वडा नम्बर ६ भटाकाटिया दीपक टमट्टाको मृ’त्युभएको हो ।सामान्य विषयमा विवाद हुँदा स्थानीयको आक्रमणबाट घाइते भएका टमट्टाको कोहलपुरमा उपचारका क्रममा ज्याान गएको आफन्तले बताएका छन् । गत कार्तिक १९ गते राती आफ्नै घरमा बोलाई स्थानीय दल बहादुर साउँद लगायतका युवाहरूले निर्घात कुटपिट गरेको आफन्तको भनाई छ ।

युवाहरूको आक्रमणबाट घाइते भएका उनकाे उपचारको क्रममा यही मङ्सिर २ गते नै मृत्यु भएको भए पनि बिहीबार जिल्ला प्रहरी कार्यालयमा मृतकका आफन्तले जाहेरी दिएपछि मात्र घ’टना सार्वजनिक भएको हो ।

आफन्हरुले बिहीबार जिल्ला प्रहरी कार्यालय अछाममा दल बहादुर साउँद लगायत ५ जनाको नाममा जाहेरी समेत दिएको अछामका प्रहरी प्रमुख डिएसपी योगेन्द्रसिंह थापाले बताए । मृतक टमट्टामाथी कुटपिट गर्ने १ जनालाई प्रहरीले नियन्त्रणमा लिई सकेको छ ।

टाउकोमा गम्भिर चोट लागेर बेहोस अबस्थामा रहेका टमट्टा लाई उपचार को लागी बयालपाटा अस्पातलमा लागिएकोमा त्यहाँ उपचार हुन नसकेपछी कोहोलपुर मेडिकल कलेज मा उपचार हुँदै आएको थियो ।

बेहोस अवस्थामा रहेका टमट्टाको होस नै नआई मृत्यु भएको मृतकका ज्वाँई भरत बि क ले जानकारी दिए । बि कका अनुसार टमट्टाको मंसिर २ गते नै मृत्यु भएको भए पनि हाल सम्म शब को पोष्टमार्टम सम्म हुनसकेको छैन । शबको शनिबार बिहान पोष्टमार्टम गर्ने तयारी भैइरहेको उनले बताए  ।

प्रतिक्रिया