Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शुक्रबार, १६ चैत २०८०

नसोचेको लाभ मिल्छ जाडो महिनाको बिहानीपख : मह र अदुवाको सेवन गर्नाले

नसोचेको लाभ मिल्छ जाडो महिनाको बिहानीपख : मह र अदुवाको सेवन गर्नाले

जाडोको कहर बढीरहेको छ । कोरोनाको कारण यसपटकको जाडोले अलि धेरै नोक्सानी पुर्‍याउँछ भन्दै विज्ञहरुले चिन्ता व्यक्त गरिरहेका छन् । कोरोना जोखिमबाट बच्दै रोग प्रतिरोधात्मक क्षमता मजबुत बनाउनु आजको आवश्यकता हो । त्यसैमाथि दिनप्रतिदीन थपिएको चिसोले रुघाखोकी लगायतका अन्य समस्या पनि ननिम्त्याउलाभन्न सकिन्न । त्यसैले आज हामी यहाँ मह र अदुवाको सेवनबाट हुने अचुक फाईदाका बारेमा यहाँहरुलाई केहि जानकारी दिँदैछौँ ।

जाडोमा मह र अदुवाको मिश्रण निकै उपयोगी हुन्छ ।

तातोपानीमा अदुवा राखेर केहि मिनेट पकाउनुहोस् । यसमा एक चम्चा मह घोलेर मनतातो अवस्थामा हरेक दिन बिहान पिउनुपर्छ । यसले स्वास्थ्यलाई धेरै राम्रो गर्छ । यसले श्वासप्रश्वास सम्बन्धि समस्याहरुलाई पनि सजिलै हटाउँछ । यो मिश्रणले हाम्रो शरीरमा रगतको प्रवाह पनि सन्तुलित बनाउँछ । हाम्रो शरीरको रोग प्रतिरोधक क्षमतालाई बढाउनुका साथसाथै क्यान्सरजस्तो डरलाग्दो रोगबाट पनि बचाउँछ ।

यतिमात्रै होईन जाडोयाममा खाने चियाको तत्वहरुपनि मिलाउनुपर्दछ । यदी जाडो समयमा तपाईले अदुवा, मरिच र तुलसीको मिश्रणको चिया पिउनुभयो भने स्वास्थ्यमा निकै फाइदा गर्छ । यो चियामा एक सय ग्राम जति शखर हालेर सेवन गरेमा यसले चिसो लागेको, टाउको दुखेको, नाक बन्द भएको, पिनास, श्वास नली बन्द भएको समस्यामा ठीक गर्छ ।

प्रतिक्रिया