Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शुक्रबार, १६ चैत २०८०

बुर्ज खलिफामा फ्ल्याट, ३ करोडको औंठीः श्रीमानबाट शिल्पाले पाइन् यी सात उपहार

बुर्ज खलिफामा फ्ल्याट, ३ करोडको औंठीः श्रीमानबाट शिल्पाले पाइन् यी सात उपहार

बलिउड नायिका शिल्पा शेट्टीको अनुहार चम्किलो हुनुको राज योग मात्रै होइन, उनको सुखी र खुसी वैवाहिक जीवन पनि हो । लण्डनमा व्यापार गर्ने राज कुन्द्रासँग विवाह गर्ने यी नायिका आफ्नो वैवाहिक जीवनमा निकै रमाइरहेकी छिन् । राज कुन्द्राले पनि आफ्नी श्रीमतीलाई विलासी जीवन प्रदान गर्न कुनै कमी गरेका छैनन् । त्यसैले त उनले श्रीमतीलाई द बुर्ज खलिफामा फ्ल्याटदेखि महँगा कारलगायतका वस्तुहरु शिल्पालाई उपहारमा दिइसकेका छन् । 

बलिउड इन्डष्ट्रिमा यदि कुनै नायिकाले सबैभन्दा महँगो वैवाहिक वर्षगाँठको उपहार पाएकी छिन् भने ती शिल्पा शेट्टी नै हुन् । वैवाहिक वर्षगाँठमा राज कुन्द्राले शिल्पालाई संसारको सबैभन्दा अग्लो भवन बुर्ज खलिफाको १९ औं तल्लामा रहेको एक अपार्टमेन्ट उनलाई उपहारस्वरुप दिएका थिए । यद्यपि, शिल्पाले केही दिन अघि मात्रै उनले आफ्नो यो सम्पत्ति बेचिसकेको बताएकी छिन् । 

वैवाहिक वर्षगाँठ मात्रै होइन, विवाहको दिनलाई पनि राज कुन्द्राले शिल्पा शेट्टीका लागि यो दिन अविष्मरणीय बनाउने कोसिस गरेका थिए । कस्मोपोलिटनका अनुसार राजले शिल्पालाई ५० लाख भारुको लेहेङ्गा र तीन करोड भारुको २० क्यारेटको हिराको औंठी उपहारस्वरुप दिएका थिए । 

समुद्रतिर फर्किएको घरको चाहना राख्ने शिल्पा शेट्टीको यो सपना पनि राज कुन्द्राले पूरा गरेका छन् । उनले मुम्बईमा रहेको एक विलासी भवन शिल्पालाई उपहारमा दिएका छन् । उक्त भवनको नाम ‘किनारा’ हो र शिल्पा आफ्नो धेरैजसो समय यसै घरमा बिताउँछिन् । 

मुम्बई र दुबईमा मात्र नभई सन् २०१२ मा राज कुन्द्राले शिल्पाका लागि नोएडाको ८० तल्लो अपार्टमेन्ट सुपरनोवामा ३००० वर्गफुटको अपार्टमेन्ट खरिद गरे । 

राजले बेलायतमा पनि शिल्पाका लागि ७ कोठाको एउटा आलिशान घर खरिद गरेका छन् । यसको नाम राज महल राखिएको छ । 

राज महलबाहेक राजले शिल्पालाई मध्य बेलायतमा पनि ७ करोड भारुको एक घर उपहारमा दिएका छन् । 

महँगा कारका शौखिन राज कुन्द्रा धेरैजसो शिल्पालाई बीएमडब्ल्यूदेखि लम्बर्गिनीजस्ता थुप्रै कार उपहारमा दिइसकेका छन् । यहाँसम्म कि जब राजले शिल्पालाई लम्बर्गिनी कार उपहारमा दिएका थिए तब उनको यो उपहार निकै चर्चामा आएको थियो । कारण किनभने भारतमा शिल्पा एक्ली व्यक्ति थिइन् जोसँग लेम्बर्गिनीको त्यो एडिशन थियो, किनभने त्यतिबेलासम्म उक्त कारलाई भारतमा लञ्च नै गरिएको थिएन । 

प्रतिक्रिया