Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शुक्रबार, ०७ बैशाख २०८१

पार्टी प्रवेश गरेको भन्दै, अछाममा नेकपाद्धारा काग्रेश कार्यकर्ता माथी हातपात

पार्टी प्रवेश गरेको भन्दै, अछाममा नेकपाद्धारा काग्रेश कार्यकर्ता माथी हातपात

अछाम जिल्लाको मेल्लेख गाउँपालिका वडा नम्बर २ डाँडाश्री गाउँमा नेकपा र काग्रेश कार्यकर्ता बिच दोहोरो झडप भएको छ ।
कात्तिक २२ गते नेपाली काग्रेशको दशै तिहार शुभकामना कार्यक्रममा नेकपा परित्याग गरेर ८३ जना कार्यकर्ता नेपाली काग्रेशमा प्रवेश गरेको बिषयलाई लिएर कात्तिक २९ गते कुटपिट भएको हो ।
दोहोरो कुटपिटमा एक जना नेकपाका जयबहादुर धामी गम्भीर घाईत भएर थप उपचारका लागि अछामको बयलपाटा अस्पतालबाट नेपालगन्ज रेफर गरिएको छ भने अन्य समान्य घाईते भएका छन् ।
स्थानीय टेकराज धामीका अनुसार सत्तापक्षको आडमा र नेताहरुको निर्देशनमा काग्रेश कर्यकर्ता माथी हमला भएको बताए ।

हिजो राती फेरी सुतेको अवस्थामा नेकपाका कार्यकर्ताले टेकराज धामीका बुवा नरविर धामी माथी घरपरिवार सबै काग्रेशमा प्रवेश भएको भन्दै कुटपिट गरेको दैनिक यात्रा डटकमलाई जानकारी दिनुभयो ।

आफ्ना बुवा सुतेको अवस्थामा मुख सुनिने र नाकबाट रगत बग्ने गरेर नेकपाका कार्यकर्ताले सत्ताको आडमा हातपात गरेको उनको भनाई छ ।

प्रतिक्रिया