Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शनिबार, ०८ बैशाख २०८१

अछाममा पहिलो पटक संचारकर्मीलाई कोरोना संक्रमण

अछाममा पहिलो पटक संचारकर्मीलाई कोरोना संक्रमण

संचारकर्मी पूर्ण बहादुर खड्कालाई कोरोना संक्रमण पुष्टी भएको छ । नेपाल फोटो पत्रकार महासंघ अछाम का सचिव तथा सुदूरआज डटकमका सम्पादक रहेका खड्कालाई आज आईतबार कोरोना भाईरस कोभिड १९ को संक्रमण देखिएको पुष्टी भएको हो ।

कमलबजार पिसिआर प्रयोगशालामा भएको परिक्षणका क्रममा उनलाई कोरोना संक्रमण भएको सुचना अधिकारी टेकबहादुर बिष्टले बताए । खड्काले आफु पनि कोरोनाबाट अछुतो नरहेको भनेर सामाजिक संजालमा जानकारी दिएका छन् ।

मंगलसेन नगरपालिका ७ घर भएका उनले आफुसंग भौतिक रुपमा नजिक रहेकाहरुलाई सुरक्षित रहन समेत आग्रह गरेका छन् । सामान्य खोकी र ज्वरोको लक्षण रहेकोे उनले बताए । उनि अछाममा कोरोना संक्रमित हुने पहिलो संचारकर्मी हुन् ।
खड्काले कोभिड १९ को संक्रमण सुरुवात भएदेखि नै अछाम जिल्लामा फ्रण्टलाईनमा रहेर काम गरिरहेका छन् । खड्का न्याय हेल्थ नेपाल बयालपाटा अस्पतालमा समेत आवद्ध छन् ।

प्रतिक्रिया