Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शुक्रबार, ०७ बैशाख २०८१

दलित महिला सँघद्धारा बान्नीगढी र मंगलसेनका ८ वडा गरि ३ सय परिवारलाई राहत वितरण

दलित महिला सँघद्धारा बान्नीगढी र मंगलसेनका ८ वडा गरि ३ सय परिवारलाई राहत वितरण

कमल रावल, कात्तिक १६ अछाम

मँगलसेन नगरपालिका वडा नम्बर ५ मा राहत वितरण गरिएको छ । वडा नम्बर ५ का ९२ घरपरिवारलाई खादान्न सहित स्वास्थ्य र सरसफाईका सामाग्री राहत स्वरुप बितरण गरिएको हो । दलित महिला सँघ अछामद्धारा संन्चालित सीमान्तकृत महिलाहरुको आवाज तथा सहभागीता कोभिड १९ अन्तरगत प्रति परिवार २५ केजिको १ कट्टा चामल, दाल ४ केजि, २ केजि चना, तेल ३ लिटर, चिनि १ केजि, नुन १ केजि, हात र नुहाउने गरि ६ पिस साबुन, सेनेटरी प्याड १ र १० पिस सर्जिकल माक्स हस्तान्तरण गरिएको छ ।

वडामा दलित समुदायमा गठित २ समुहका पदाधिकारी तथा सदस्य र विपन्न, मजदुर, वादि परिवार, अपागँ लगाएतलाई राहत वितरण गरिएको छ । राहत वितरण गर्दै मंगलसेन नगरपालीकाका उपप्रमुख सरिता उपाध्यायले बास्तविक वर्गले राहत पाएकोमा खुशि ब्यक्त गर्नु भयो । आगामी दिनमा समेत राहतका कार्यक्रम संस्था र स्थानिय सरकारको सहयोगमा निरन्तर जारी रहने बताउनु भयो । नगरका अन्य वडामा समेत चाडपर्वको बेलामा अभाब रहेका नागरिकलाई राहत बाडेर स्रहानिय कार्य गरेको भन्दै प्रसँशा गर्नु भयो । दलित महिला सँघ अछामका अध्यक्ष सरस्वती नेपालीको अध्यक्षतामा भएको राहत वितरण कार्यक्रममा प्रमुख अतिथी नगर उपप्रमुख सरिता उपाध्याय रहनु भएको थियो भने अन्य अतिथीमा मंगलसेन नगरपालीका वडा नम्बर ५ का वडा सदस्य नृप खडका, रेडियो रामारोशनका सहायक स्टेशन म्यानेजर कमल रावल लगाएतको सहभागिता रहेको थियो ।

दलित महिला सँघ अछामले कार्य क्षेत्रका वडामा वितरण गर्ने पहिलो चरणको राहत वितरण कार्य सम्पन्न गरेको परियोजना सँयोजक लक्ष्मी सोबले बताउनु भयो । यस अभियानमा कार्यक्षेत्र बान्नीगढी जयगढ गाउपालीका वडा नम्बर १,५ र ६ तथा मंगलसेन नगरपालीकाका वडा नम्बर ३,४,५,८ र ९मा राहत वितरण गरिएको सोबले बताउनु भयो । अभियानमा बान्नीगढी जयगढ गाउपालीका र मंगलसेन नगरपालीकाका ८ वडा गरि ३ सय घर परिवारलाई राहत वितरण गरिएको जानकारी दिनु भयो । समुदाय स्तरमै बाडिएको राहत वितरण अभियान पहिलो चरणमा सफल भएकाले सहयोग गर्ने जनप्रतिनीधी, सरोकारवाला, संञ्चारकर्मि लगाएतलाई अध्यक्ष सरस्वती नेपाली धन्यवाद ज्ञापन गर्नु भएको छ । आगामी दिनमा समेत अभियान विभिन्न चरणमा रहेर जारी रहने बताउनु भयो ।

प्रतिक्रिया