Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शुक्रबार, ०७ बैशाख २०८१

कञ्चनपुरमा विवाहको भोज खाएका एकै गाउँका २४ जना बिरामी

कञ्चनपुरमा विवाहको भोज खाएका एकै गाउँका २४ जना बिरामी

कञ्चनपुरमा विवाहको भोज खाएका २४ जना बिरामी भएका छन् । जिल्लाको बेदकोट नगरपालिका वडा नम्बर २ बसन्तथलाका गिरीजा गुरुङको विवाहमा भोज खाएकाहरु बिरामी परेका हुन् । 

विहिबार भोज खाएकाहरु शुक्रबार बिरामी परेको वडा अध्यक्ष नरेशबहादुर सिँहले बताए । उनका अनुसार २४ जनालाई महाकाली अस्पतालमा भर्ना गरिएको छ । चिकित्सकका अनुसार उनीहरुलाई फुटपाइजन भएको हो । स्वास्थ्य अवस्था समान्य रहेका बिरामीहरुलाई अस्पतालमा राखिने वडा अध्यक्ष सिँहले बताए ।

उनीहरुले विवाहमा अचार खाएकाले फूड प्वाईजन भएको हुन सक्ने अनुमान गरिएको छ ।

 

प्रतिक्रिया