Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बिहिबार, १३ बैशाख २०८१

भारतबाट ल्याएको अवैध मल कंचनपुर प्रहरीद्वारा बरामद

भारतबाट ल्याएको अवैध मल कंचनपुर प्रहरीद्वारा बरामद

भारतबाट ल्याएको अवैध मल कंचनपुर प्रहरीद्वारा बरामद गरिएको छ ।आज बिहान जिल्ला प्रहरी कार्यालय कंचनपुरको मातहतबाट खटिएको प्रहरी टोलीले बेलौरी नगरपालिका  ७ पचुई क्षेत्रबाट अवैध रुपमा चोरी पैठारी गरि भारतबाट ल्याएको अनुमानित  रकम रु.२८,८०० को ३६ कट्टा युरिया मल, रु. २,४०० को २ कट्टा सुपर मल  र . ६७,६८० मूल्य बराबरको ४७ कट्टा डि.ए.पी. मल बरामद गरिएको हो । 

जम्मा  रु. ९८,८८०।– मूल्य  (अन्ठानब्बे हजार आठ सय असी) बराबरको समान बेवारिसे अवस्थामा बरामद गरी आवश्यक कार्वाहीको लागी भन्सार कार्यालय धनगढी पठाईएको जिल्ला प्रहरी कार्यालय कंचनपुरका प्रहरी नायव उपरीक्षक अमर बहादुर थापाले बताए ।

प्रतिक्रिया