Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शुक्रबार, १४ बैशाख २०८१

कब्रिस्तानमै बन्देज लगाएपछि मृतकका आफन्त भन्छन् : भोलिसम्म निकास नआए जे पनि हुन सक्छ

कब्रिस्तानमै बन्देज लगाएपछि मृतकका आफन्त भन्छन् : भोलिसम्म निकास नआए जे पनि हुन सक्छ

धनगढी उपमहानगरपालिका १ स्थित कब्रिस्तानमा शव गाड्न रोक लगाइएपछि स्थानीय मुस्लिम समुदायममा पीडामाथि पीडा थपिएको छ । साथै स्थानीय प्रशासन र स्थानीय निकायको रबैयाले उनीहरुलाई आक्रोशित समेत बनाएको छ ।

स्थानीय प्रशासन तथा नेपाली सेनाको टोलीले विहिबार कोरोना संक्रमितको शव कब्रिस्तानमै व्यवस्थापन गरेपछि केही स्थानीयको विरोधले धनगढी उपमहानगरपालिकाको १ नं. वडा कार्यालयले अर्को व्यस्था नहुन्जेलसम्म भन्दै सो कब्रिस्तान नै सील गरेपछि अर्का मृतक परिवार शव गाड्नबाट वञ्चित भएका हुन् । 

शुक्रबार विहान दुबै मृगौला फेल भएर धनगढी उपमहानगरपालिका १ का ५० वर्षीय मोहमद जमसेदको मृत्यु भएको हो । तर शव व्यवस्थापन गर्न नदिइएपछि उनीहरु दुखी भएका छन् । भने स्थानीय प्रशासन र स्थानीय निकायको कार्यशैलीबाट आक्रोशित भएका छन् ।

धनगढी उपमहानगरपालिका १ पशुपति टोलस्थित नेपाली नुरी जामा मस्जितका कार्यवाहक अध्यक्ष मोहमद यामिन भन्छन्,‘शव व्यवस्थापनको लागि हामी विहानैदेखि जिल्ला प्रशासन संग अनुनय विनय गर्दै आएका छौ । हामीलाई दिनभरि आश्वासन मात्रै दिइयो । उता शव घरमै छ । यदि भोलि (शनिबार) १२ बजेसम्म शव व्यवस्थापनको निकास आएन भने जे पनि गर्न तयार हुनेछौ ।’

आफुहरुको धार्मिक मूल्य मान्यतालाई स्थानीय निकाय र स्थानीय प्रशासनले वेवास्ता गरेको बताउँदै उनले लासमाथि राजनीति भैरहेको भन्दै आक्रोश पोखे ।

प्रतिक्रिया