Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शनिबार, ०८ बैशाख २०८१

गृह मन्त्रालयले एकैपटक माग्यो एक सय कर्मचारी

गृह मन्त्रालयले एकैपटक माग्यो एक सय कर्मचारी

काठमाडौं । गृह मन्त्रालयले एक सय जना कर्मचारी माग गरेको छ । मन्त्रालय अन्तर्गतको राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले एक सय जना कर्मचारी करारमा माग गरेको हो ।

गृहले आज (बिहीवार) एक विज्ञप्ति जारी गर्दै राष्ट्रिय परिचयपत्रको वितरण दर्ता अपरेटर पद सेवाका लागि करारमा कर्मचारी माग गरेको सूचना आह्वान गरेको हो ।

योग्य र इच्छुक उम्मेद्वारले १५ दिनभित्रमा दरखास्त फारम भर्न सक्नेछन् । भने १८ वर्ष पुरा भइ ३५ वर्ष ननाघेका नेपाली नागरिकले निशुल्क दरखास्त दिन सक्ने सूचनामा बताइएको छ ।

आगामी मंसिर १३ गते लिखित परीक्षा तोकिएको छ । त्यस्तै न्यूनतम प्लस टु पास गरेकाले मात्र दरखास्त दिनको लागि दिन सक्नेछन् ।

थप जानकारीका लागि तलको सूचना पढ्नुहोस्

प्रतिक्रिया