Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बिहिबार, १३ बैशाख २०८१

रोचक पाटो : महाभारतमा लाखौँ मानिस मरे तर उनीहरुको शव कहाँ गयो ?

रोचक पाटो : महाभारतमा लाखौँ मानिस मरे तर उनीहरुको शव कहाँ गयो ?

महाभारत के हो भन्ने कुराको बारेमा त हामी सबैलाई थाहा नै छ । महाभारतको युद्ध १८ दिन सम्म चलेको थियो । महाभारतको युद्धमा महान वीर योद्धाहरुले आफ्नो ज्यानको आहुति दिएका थिए ।

महाभारतको युद्धमा कुरुक्षेत्रको पूरा धर्ती नै रक्तरञ्जित भएको थियो । तर महाभारतको युद्धमा मारिएका त्यति धेरै योद्धाहरूको शव कहाँ गयो भन्ने खुल्दुली सबैलाई हुने गर्दछ । साथै उनीहरूको अन्तिम संस्कार कसरी भयो भन्ने कुराले हामीलाई अचम्मित बनाईदिन्छ ।

त्रेतायुगमा रामायणको युद्धताका श्रीरामले समुन्द्रमा सेतुको निर्माण गराएका थिए । यसको तथ्य वैज्ञानिकले त्यहाँ पुल पत्ता लगाईसकेका छन्।

यस्ता छन् केही तथ्यहरु

महाभारतको युद्धमा मरेका योद्धाहरूको शव वा अस्थिपञ्जर  त्यतिबेलै जलाईएकोले भेटिएन । किनभने त्यसबेला अहिलेको जस्तो शत्रुमाथि दुव्र्यवहार हुँदैन थियो ।

महाभारतको युद्ध दिनको चार प्रहर सकिएसँगै रोकिने गरेको थियो । र, जोजो युद्धमा मारिएका थिए उनीहरूको शवलाई त्यहि दिन नै अन्तिम संस्कार गरिने गरिएको थियो वा परिवारलाई जिम्मा लगाइने गरिन्थ्यो ।

एजेन्सीको सहयोगमा

प्रतिक्रिया