Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बुधबार, १२ बैशाख २०८१

रामारोशन गाउँपालिका कार्यालयमा तालाबन्दी गरिन् उपाध्यक्षले

रामारोशन गाउँपालिका कार्यालयमा तालाबन्दी गरिन् उपाध्यक्षले

अछामको रामारोशन गाउँपालिका मा उपाध्यक्षले ताला लगाएकी छिन् ।

रामारोशन गाउँपालिका अध्यक्ष झंकरबहादुर साउँदले गाउँपालिकामा एकाधिकार चलाएको भन्दै उनले ताला लगाएको बताइन् । उनले दिनेश खबरसंग भनिन्, ‘गाउँपालिका सरकार प्रमुखले एकतन्त्रीय शासन व्यवस्था र तानाशाही शैलीमा काम गरे । त्यसैले ताला लगाएकी हुँ । 

गाउँपालिकाकी उपाध्यक्ष सरस्वती रावलले बुधबार विज्ञप्ती नै सार्वजनिक गर्दै ताला लगाएको बताएकी हुन् । उनले तालाबन्दी अनिश्चितकालका लागि लगाएको समेत उल्लेख गरेकी छिन् । गाउँपालिका अध्यक्ष साउँदले योजना छनोट, कार्यसम्पादन तथा कर्मचारी भर्नामा मनोमानी गरेको उनको आरोप छ । तर गाउँपालिकाका अध्यक्ष साउँदले भने ताला लगाएको बारेमा जानकारी नभएको प्रतिक्रिया दिए । 

बाढी पीडितलाई राहत वितरणमा गएको भन्दै उनले भने ताला लगाएको बारेमा आफुलाई जानकारी नभएको बताएका छन् । गाउँपालिका उपाध्यक्षले गाउँपालिका नीति र नियम, विधि र विधानमा नचलेको र आफ्नो अधिकारसमेत खोसिएको बताइरहँदा अध्यक्ष साउँदले आफुले गल्ती गरेको भए उपाध्यक्षलाई आफु बिरुद्ध मुद्दा हाल्न चेतावनी समेत दिए । 

गाउँपालिका सरकारले गर्ने हरेक काम कारवाहीमा आन्तरिक तथा पार्र्टीमा पटक–पटक छलफल हुँदासमेत कार्यशैलीमा कुनै फरक नआएकोले बाध्य भएर तालाबन्दी गर्नु परेको उनले विज्ञप्तिमा दाबी गरेकी छिन् । 
गाउँपालिकामा अध्यक्ष झंकर साउद र उपाध्यक्ष रावल दुबै तत्कालीन नेकपा माओवादीबाट निर्वाचित भएका हुन् । गाउँपालिका सरकारले आर्थिक प्रलोभनमा परेर कर्मचारी भर्ना गरेको भन्दै प्रतिपक्षी नेपाली कांग्रेसलेसमेत केही दिन पहिले प्रदर्शन गरेको थियो ।

प्रतिक्रिया