Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शुक्रबार, १६ चैत २०८०

दशैँ को बिचमा पनि कांग्रेस रामारोशन बाढी पिडित लाई राहत वितरण व्यस्त

दशैँ को बिचमा पनि कांग्रेस रामारोशन बाढी पिडित लाई राहत वितरण व्यस्त

नेपाली कांग्रेस रामारोशले यतिबेला दशैँ को बिचमा पनि दशै नभनी रामारोशनका बाढी पहिरो पिडित परिवारका लागि राहत वितरण कार्य लाई तिब्रता दिएको छ । भाद्र २ गते राति कैलाश खोलामा आएको बाढीले प्रभावित परिवारलाई राहत वितरण गरिरहेको नेपाली कांग्रेसको राहत संकलन तथा उदार समिति का संयोजक एवम् कांग्रेस युवा नेता पुष्प बिष्टले बताउनु भएको छ ।

दशैँको मुखमा पिडित जनतालाई राहत पुगोस् भनेर हामिले आफ्नो दशैँको कुनै प्रवाह नगरि जनताको दैलोमा राहत पुगाउन अनवरत लागि रहेको बिष्टले बताउनु भएको हो । राहत वितरण कार्यक्रम अन्तर गत आज रामारोशन गाउँ पालिकाको वडा न ३ का ५५ परिवार वडा न ६ टुडिसेनका ४५ परिवार र वडा न ७ सुतारका ८३ परिवार गरि १८३ परिवारलाई राहत स्वरुप प्रत्येक पिडितलाई १ बोरा चामल वितरण गरिएको हो ।

राहत वितरण कार्यक्रममा रामारोशन गाउँ पालिका उपाध्यक्ष सरस्वती रावल नेपाली कांग्रेस महासमिति सदस्य अनुराधा स्वार रावल कांग्रेस रामारोशनका सचिव पुर्ण विक राहत संकलन तथा उदार समितिका संयोजक पुष्प बिष्ट वडा न ७ सुतारका अध्यक्ष खडक भण्डारी नेविसंघ जिल्ला सदस्य दल साउद वडा सदस्य देवु भण्डारी तरुण दलका जिल्ला कोषाध्यक्ष रेमिति साउद नेता देविन्द्र साउद नविना बि क लागतको सहभागी रहेको थियोे । नेपाली कांग्रेसले कात्तिक ४ गतेबाट राहत वितरण कार्यको सुरुवात गरेको थियो । पहिलो चरणको राहत वितरण एक दुई दिनमै सकिने नेपाली कांग्रेस बताएको छ।

प्रतिक्रिया